• १३ असोज २०८१, आइतबार

पदक विजेता खेलाडी र प्रशिक्षकलाई कोशी प्रदेशको सम्मान

blog

मुख्यमन्त्रीबाट सम्मान ग्रहण गर्दै कबड्डी खेलाडी अनुजा कुलुङ राई । तस्बिर : गोरखापत्र

कबिराज घिमिरे 

हिले, चैत्र १३ गते । अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडी तथा प्रशिक्षकलाई धनकुटामा सम्मान गरिएको छ । 

धनकुटामा प्रदेश खेलकुद विकास बोर्डले मङ्गलबार आयोजना गरेको कार्यक्रममा कोशी प्रदेश मुख्यमन्त्री केदार कार्कीले कोशी प्रदेश भित्रका अन्तर्राष्ट्रिय पदक प्राप्त खेलाडी र प्रशिक्षकलाई सम्मान गर्नुभएको हो। 

सम्मानित हुने खेलाडीमा चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदमा महिला कबड्डीमा कांस्य पदक विजेता मेनुका राजवंशी, अनुजा कुलुङ राई, इसा राई,  प्रशिक्षक पार्वती राई र कराँतेमा कांस्य जिताउने प्रशिक्षक कुशल श्रेष्ठलाई जनही दुई लाख रुपियाँबाट सम्मान गरिएको हो । 

यस्तै मलेसियामा सम्पन्न आइटिएफ तेक्वान्दोको विश्व च्याम्पियनसिप पदक जित्न सफल सजिना तामाङलाई ५० हजार, साउदी अरेबियामा सम्पन्न बाफ महिला फुटबल च्याम्पियनमा रजत पदक विजेता सविता रानामगर, अमिशा कार्की, हिराकुमारी भुजेल, रेखा पौडेल, अनिता बस्नेत, प्रीति राई, अञ्जिला तुम्वापो सुब्बा र प्रशिक्षक श्याम मानन्धरलाई जनही २५ हजार रुपियाँबाट सम्मान गरिएको हो ।

सम्मानपछि बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले खेलाडी राष्ट्रको गहना भएको बताउन भयो । उहाँले प्रदेश सरकार खेलाडीलाई अझ सम्मान गर्ने पक्षमा रहेको बताउनुभयो ।