• १६ वैशाख २०८१, आइतबार

ताप्लेजुङका स्थानीय तहले साढे ९३ करोड अनुदान पाउने

blog

ताप्लेजुङ, चैत १३ गते । ताप्लेजुङका स्थानीय तहले आगामी आर्थिक वर्षमा साढे त्रियानब्बे करोड रुपियाँ बढी अनुदान रकम पाउने भएका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आव २०८१-८२ का लागि नेपाल सरकारबाट स्थानीय तहलाई हस्तान्तरण हुने वित्तीय समानीकरण अनुदान रकमको विवरण सार्वजनिक गरेको हो । 

आयोगले न्यूनतम अनुदान, सूत्रमा आधारित र कार्य सम्पादनमा आधारित अनुदानको विवरण सार्वजनिक गरेको हो । जिल्लाका नौ स्थानीय तहमध्ये एक मात्र फुङ्लिङ नगरपालिकाले न्यूनतम अनुदान तीन करोड २५ लाख, सूत्रमा आधारित११ करोड सात लाख र कार्य सम्पादनमा आधारित ५३ लाख गरी सबैभन्दा बढी कूल १४ करोड ८५ लाख रुपियाँ वित्तीय समानीकरण अनुदान रकम पाउने छ ।

यस्तै मैवाखोला गाउँपालिकाले न्यूनतम अनुदान तीन करोड, सूत्रमा आधारित पाँच करोड ७१ लाख र कार्य सम्पादनमा आधारित ६२ लाख गरी कूल नौ करोड ३३ लाख रुपियाँ पाउने भएको छ । फक्ताङ्लुङ गाउँपालिकाले न्यूनतम अनुदान तीन करोड, सूत्रमा आधारित छ करोड आठ लाख र कार्य सम्पादनमा आधारित ५२ लाख गरी नौ करोड ६० लाख रुपियाँ वित्तीय समानीकरण अनुदान पाउने भएको छ । 

त्यस्तै मिक्वाखोला गाउँपालिकाले न्यूनतम अनुदान दुई करोड ७५ लाख, सूत्रमा आधारित पाँच करोड दुई लाख र कार्य सम्पादनमा आधारित ४० लाख गरी कूल आठ करोड १७ लाख रुपियाँ अनुदान पाउने छ । मेरिङ्देन गाउँपालिकाले न्यूनतम अनुदान तीन करोड, सूत्रमा आधारित अनुदान छ करोड ५८ लाख र कार्य सम्पादनमा आधारित ४३ लाख गरी १० करोड एक लाख रुपियाँ प्राप्त गर्ने छ ।

यहाँको आठराई त्रिवेणी गाउँपालिकाले न्यूनतम अनुदान तीन करोड, सूत्रमा आधारित छ करोड ८९ लाख र कार्य सम्पादनमा आधारित ४१ लाख गरी कूल १० करोड ३० लाख रुपियाँ अनुदान पाउने छ । पाथीभरा याङ्वरक गाउँपालिकाले न्यनतम् अनुदान तीन करोड, सूत्रमा आधारित छ करोड ८९ लाख र कार्य सम्पादनमा आधारित ४५ लाख गरी कूल १० करोड ३४ लाख रुपियाँ अनुदान प्राप्त गर्ने भएको छ । 

यसै गरी सिरिजङ्घा गाउँपालिकाले न्यूनतम अनुदान तीन करोड, सूत्रमा आधारित सात करोड ७४ लाख र कार्य सम्पादनमा आधारित ६० लाख गरी कूल ११ करोड ३४ लाख रुपियाँ अनुदान पाउने छ ।

सिदिङ्वा गाउँपालिकाले भने न्यूनतम अनुदान तीन करोड, सूत्रमा आधारित छ करोड २६ लाख तथा कार्य सम्पादनमा आधारित ४३ लाख गरी नौ करोड ६९ लाख रुपियाँ वित्तीय समानिकरण अनुदानबापतको रकम प्राप्त गर्ने भएको छ । 


Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।