• १३ असोज २०८१, आइतबार

जीवन बिमासम्बन्धी जनचेतना फैलाइँदै

blog

हुम्ला समाचारदाता

हुम्ला, चैत १२ गते । दुर्गमका गाउँ बस्तीका जीवन बिमासम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो । बिमाको महत्व र उपयोगिताबारे जनचेतना फैलाउनका लागि यो कार्यक्रम आयोजना गरिएको हो ।

सर्केगाड गाउँपालिका–४ का वास्तमी टमटाले जनचेतनामूलक कार्यक्रमबाट जीवन बिमाको महत्व, फाइदा, उपयोगिताका बारेमा जानकारी प्राप्त भएको बताउनुभयो । 

हालसम्म आफूलाई जीवन बिमाका बारेमा कुनै जानकारी नभएको बताउदै उहाँले अब बिमा गर्न प्रेरित भएको बताउनुभयो । मानिसका लागि फाइदैफाइदा हुने भएको हुँदा सबैले जीवन बिमा गरेर सुरक्षित हुनुपर्ने सुझाव उहाँले सहभागीलाई दिनुभयो । 

सो जनचेतनामूलक कार्यक्रममा गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत शान्ती लामाले बिमा गर्नैपर्ने कार्यभित्र पर्ने भएका कारण ग्रामीणस्तरका यस्ता कार्यक्रम बेला बेला सञ्चालन गरेर सेवाग्राहीलाई जानकारी गराउनु आवश्यक रहेको बताउनुभयो । 

उहाँले बिमाबाट मानिसको बचत, सुरक्षाका साथै लगानीको पनि सुनिश्चितता हुने भएका कारण बिमाप्रति कसैले पनि नकारात्मक धारणा बनाउन नहुने बताउनुभयो । बिमा प्राधिकरणले हुम्ला जिल्लामा बिमासम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने जिम्मा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीलाई दिएको छ । उक्त कम्पनीका अपरेसन इन्चार्ज लोग भण्डारीले बिमाको महत्व दर्साएर सबैलाई बिमा गर्ने वातावरण सिर्जना गर्न कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो ।

उहाँले मानिसको मृत्यु, दुर्घटना वा अन्त कहिले हुन्छ त्यसको यकिन नहुने भएका कारण त्यसको जोखिन वहन गर्ने माध्यम बिमा भएकाले पनि बिमा गर्न आवश्यक रहेको बताउनुभयो । 

बिमा आर्थिक क्षतिविरुद्धको सुरक्षा भएको नि जानकारी गरिएको थियो । त्यसै गरी कार्यक्रममा विभिन्न जीवन बिमा योजनाका बारेमा नि छलफल गरिएको थियो ।