काठमाडौँ, फागुन २३ गते । भारत र पाकिस्तानबिच बेला बेला जम्मु–काश्मीरको विवाद चर्किने गरेको छ । यसका पछाडि राजनीतिकको अनेकौँ कारण हुन सक्छन् । जम्मु–काश्मीरको मुद्दाका विषयलाई केही हदसम्म जानकारी दिने कोसिस चलचित्र ‘आर्टिकल ३७०’ मा गरिएको छ । यो चलचित्रमा भारतमा लगाइएको धारा ३७० खारेज गर्ने कथा देखाइएको छ । भारतीय संविधानको धारा ३७० सँग सम्बन्धित कथालाई चलचित्रमा देखाइएको छ । बिनाकुनै लडाइँ लडेर काश्मीरबाट धारा ३७० हटाउनका लागि के कस्तो सङ्घर्ष गर्नु परेको थियो भन्ने कुरा चलचित्रमा कथानक ढङ्गले प्रस्तुत गर्न खोजिएको छ ।
काश्मीरबाट धारा ३७० हटाउने पछाडिको सम्पूर्ण रणनीति के थियो र यसमा को को संलग्न थिए । यी घटनालाई बिलकुलै नयाँ ढङ्गले चलचित्रमा देखाउन खोजिएको छ । काश्मीरमा स्थिति बिग्रँदै जाँदा हिंसा झन् झन् बढिरहेको थियो । त्यहाँ धेरै बासिन्दा बिनाकारण मारिए । यस्तो अवस्थामा सरकारले कुनै रक्तपात नगरी यो प्रावधानलाई खारेज गर्नु पर्छ । यसको सुरुवात सन् २०१६ मा आतङ्कवादी बुरहान बानीको मुठभेडबाट भएको थियो ।
चलचित्रमा यामीले गरेको बुरहानको सामना गर्ने निरीक्षक जुनी हक्सरलाई अनुशासन उल्लङ्घन गरेको आरोप लगाइएको छ । बुरहानको अन्त्यले काश्मीरमा अशान्ति छाएको छ । ठिक यही समय पिएमओका एक अधिकारीले राजेश्वरी स्वामीनाथन (प्रियामणि) को जुनीलाई एनआइएको एजेन्टका रूपमा नियुक्त गर्छन् र उनलाई त्यहाँका राजनीतिज्ञ, पृथकतावादीसँग वार्ता गरेर त्यहाँको परिस्थितिलाई सामान्य जीवनमा ल्याउने जिम्मेवारी दिन्छन् । यता दिल्लीमा अनुच्छेद हटाउनका लागि नियम र कानुनी विधि बनाइएको छ ।
चलचित्रमा यामीको उत्कृष्ट पुनरागमन हो । यसअघि काश्मीरमाथि धेरै चलचित्र बनेका छन् तर ‘आर्टिकल ३७०’ भिन्न छ । एक्सन र इमोसनलाई राम्रोसँग सन्तुलनमा राखिएको छ । अर्को कलाकार प्रियामणिको भूमिका चलचित्रभित्र महत्वपूर्ण छ । यामीलाई एजेन्टको भूमिका सुहाएको छ । त्यस्तै प्रियमणि पीएमओको सचिवका रूपमा आफ्नो सरल शैलीमा अद्भुत देखिएकी छिन् । यसबाहेक वैभव तìववादीले आर्मी अफिसरको भूमिकामा राम्रो काम गरेका छन् भने प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिकामा अरुण गोविल अलि हलुका देखिएका छन् तर पर्दामा गृहमन्त्री अमित शाहको भूमिकामा किरण करमकरले भने सोच्न बाध्य बनाउने भूमिका गरेका छन् ।
निर्देशक आदित्य जाभांशले यथार्थलाई चलचित्र शैलीमा सत्य घटनासँग जोड्ने राम्रो प्रयास गरेका छन् । चलचित्रको पूरै घटनालाई स्टेजमा बाँडिएको देखाइएको छ, जसले दर्शकलाई भ्रममा पर्न दिँदैन तर कतिपय ठाउँमा हतारमा प्रस्तुत गरिएको तथ्यलाई सङ्क्षेपमा प्रस्तुत गर्ने प्रयास गरेको हो कि भन्ने भान हुन्छ ।