• १२ साउन २०८१, शनिबार

विवाहमा जाँदै गरेकाे गाडी दुर्घटना : एकको मृत्यु, १५ घाइते

blog

दुर्घटनामा परेको पिकअप भ्यान । तस्बिर : कविराज घिमिरे

कविराज घिमिरे  

हिले फागुन २० गते । धनकुटाको चुङमाङ्गमा आफन्तको विवाहमा जाँदै गरेकाे गाडी दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने १५ घाइते भएका छन् । 

घाइते भएकामध्ये ४ जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको जिल्ला अस्पताल धनकुटाका मेडिकल सुपरिटेन्डेन्ट अमिताब ठाकुरले जानकारी दिनुभयो ।

अन्यको जिल्ला अस्पताल धनकुटामै उपचार भइरहेको छ । हिलेबाट चुङमाङ्ग जाँदै गरेको को २ च १६१९ नम्बरको पिकअप गाडी पाख्रिवास नगरपालिका वडा नम्बर १० चुङमाङ्गमा भारती मावि छेउमा दिउँसो करिब ३ बजे दुर्घटनामा परेको थियो ।  गाडीमा १७ जना सबार रहेको थिए । 

अधिकांश घाइते आफन्तको विवाहमा जाँदै गरेका पाहुना रहेका छन् । मृतक बालिकाकाे नाम खुलेको छैन । घाइते हुनेमा नेत्र कार्की, इन्द्रकुमारी राई, लक्ष्मी राई, जया राई, देवी बराल खत्री, सुनिता खत्रीलगायत रहेका छन् । स्थानीयवासी र नजिकै रहेको विद्यालयका शिक्षक विद्यार्थीले घाइतेको उद्धार गरेका थिए । 

यो पनि पढ्नुहोस

पिकअप भ्यान दुर्घटना : एकको मृत्यु, ७ घाइते

गाडी सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीचौकि हिलेका असई अर्जुन कार्कीले जानकारी दिनुभयो । क्षमता भन्दा बढी यात्रु बोकेको गाडीको चक्का पड्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । “चक्का पड्किएर दुर्घटना भएको भन्ने कुरो छ गाडीको चक्का पड्किएको जस्तो पनि छ यात्रु क्षमता भन्दा बढी रहेछन् हामी थप अनुसन्धान गरिरहेको छौ घटना स्थलमा घटिनु भएका असई अर्जुन कार्कीले भन्नुभयो । सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटना बारे थप अनुसन्धान गरिरहेको छ ।