• १२ साउन २०८१, शनिबार

बेहडाबाबामा दुई करोड पच्चीस लाख दीप प्रज्ज्वलन गरिने

blog

बेहडाबाबा मन्दिर । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, फागुन १२ गते । कैलालीको प्रसिद्ध धार्मिकस्थल बेहडाबाबा मन्दिरमा दुई करोड २५ लाख दीप प्रज्ज्वलन गरिने भएको छ । महाशिवरात्रिको दिन दीप प्रज्ज्वलन गरिने बेहडाबाबा फाउण्डेशनले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । शिवरात्रिको दिन दिउँसो ३ः३० देखि ४ः३० बजेसम्म दुईसय जनाबाट दीप प्रज्ज्वलनको व्यवस्था मिलाएको फाउण्डेशनका अध्यक्ष पदमराज जोशीले बताउनुभयो । 

यसैगरी, शिवरात्रिको अवसरमा लाग्ने मेलाको करिब तीन लाख श्रद्धालुले अवलोकन गर्ने अपेक्षा गरिएको उहाँले बताउनुभयो । फाउण्डेशन मेलाको तयारीमा जुटेको छ । धनगढी उपमहानगरपालिका –१६ स्थित बेहडाबाबामा भारतीय दर्शनार्थीको पनि घुँइचो लाग्नेगरेको छ ।