• ८ कात्तिक २०८१, बिहिबार

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

blog

१. विश्वको तेस्रो ठुलो अर्थतन्त्र भएको राष्ट्र कुन हो ?

जर्मनी (सन् २०२४ फेब्रुअरी) 

विश्वको तेस्रो ठुलो अर्थतन्त्र भएको राष्ट्र यसअघि जापान थियो । 

जापानको जिडिपी अहिले ४२ खर्ब डलर रहेको छ भने जर्मनीको जिडिपी ४५ खर्ब डलर पुगेको छ । 

अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले प्रकाशित गरेको पछिल्लो तथ्याङ्क अनुसार अर्थतन्त्रका हिसाबले प्रमुख १० ठुला राष्ट्र (सन् २०२४ फेब्रुअरी)

२. नेपाल र स्विट्जरल्यान्डबिच द्विपक्षीय हवाई सम्झौता कहिले भएको हो ?

विसं २०८० माघ २३ 

यससँगै नेपालसँग द्विपक्षीय हवाई सेवा सम्झौता भएका देशको सङ्ख्या ४२ पुगेको छ ।

सम्झौतासँगै नेपाल र स्विट्जरल्यान्डबिच सिधा उडान गर्न बाटो खुला भएको छ ।

नेपालले ४२ देशसँग द्विपक्षीय हवाई सम्झौता गरे पनि १५ देशमा मात्र उडान भर्दै आइरहेको छ । 


३. त्रिमूर्ति निकेतनले देवकोटा काव्य पुरस्कार–२०८० कसलाई प्रदान ग¥यो ?

जयप्रसाद पाण्डे

त्यसै गरी लेखनाथ पौड्याल पुरस्कार प्रा. मुकुन्दशरण उपाध्याय र बालकृष्ण सम पुरस्कार हरिबहादुर थापालाई प्रदान गरिएको छ । 

पुरस्कृत स्रष्टालाई ताम्रपत्र र जनही एक लाख रुपियाँ नगद राशि प्रदान गरिएको छ । 


४. हाल रेडियो नेपालबाट कति भाषामा समाचार प्रसारण हुने गरेको छ ?

२२

विसं २०८० फागुन २ देखि बज्जिका भाषामा समाचार प्रसारण हुन थालेको छ । 

मधेश प्रदेशका रौतहट, बारा र सर्लाहीलगायत जिल्लामा बज्जिका भाषा बोल्ने समुदाय बस्छन् । 

जनगणना २०७८ अनुसार नेपालमा बज्जिका भाषा बोल्ने नागरिकको सङ्ख्या करिब ११ लाख ३३ हजार रहेको छ ।

मधेश प्रदेशमा मैथिली र भोजपुरीपछि धेरै बोलिने भाषाका रूपमा बज्जिका रहेको छ । बज्जिका नेपालमा धेरै बोलिने भाषाको सूचीमा छैटाँै स्थानमा रहेको छ । 

रेडियो नेपालले यसअघि २१ भाषामा समाचार तथा २० भाषामा कार्यक्रम प्रसारण गर्दै आएको छ ।


५. भरतपुर महानगर र माडी नगरबिच भगिनी सम्बन्ध कहिले कायम भएको हो ?

विसं २०८० माघ २५

१० बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

भगिनी सम्बन्धको अवधि पाँच वर्ष रहेको छ ।


८. हाल (सन् २०२४ फेबु्रअरी) संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना मिसनमा धेरै सुरक्षाकर्मी पठाउने सूचीमा पहिलो स्थानमा रहन सफल राष्ट्र कुन हो ?

नेपाल 

राष्ट्रसङ्घीय तथ्याङ्क अनुसार नेपाली सुरक्षाकर्मीको सङ्ख्या छ हजार २४७ रहेको छ । यो विभिन्न मिसनमा हाल परिचालित सैनिक, प्रहरी र सशस्त्र प्रहरीको सङ्ख्या हो ।

धेरै सुरक्षाकर्मी पठाउने सूचीमा बङ्गलादेश (छ हजार १९७) दोस्रो र भारत (छ हजार ७३) तेस्रो स्थानमा रहेका छन् । त्यस्तै रुवान्डा चौथो र पाकिस्तान पाँचौँ स्थानमा रहेका छन् । 


७. अरनिको अन्तर्राष्ट्रिय पुरस्कार–२०७९ प्राप्त गर्ने स्रष्टा को हुनुहुन्छ ?

विजय हितान (लाहुरे दाइको रेलिमाई 

उपन्यासका लागि)


८. नेपाली वनस्पतिका पिता भनी कसलाई चिनिन्छ ?

बुखानन ह्यामिल्टन


९. अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?

विसं २०८० फागुन ३–५, धुलिखेल 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसको उद्घाटन गर्नुभएको थियो ।

धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको परिसरमा उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन सम्पन्न भयो ।

भारतीय विश्वविद्यालय सङ्घको आयोजनामा भएको सम्मेलनमा नेपाल, भारतसहित विभिन्न देशका १५० भन्दा बढी विश्वविद्यालयका उपकुलपतिको सहभागिता रहेको थियो ।


१०. दक्षिण अमेरिकाको सर्वोच्च शिखर एकान्कागुवाको सफल आरोहण गर्ने नेपालका पहिलो निजामती कर्मचारी को हुन् ?

बमबहादुर विक (सन् २०२४ फेब्रुअरी १३)

रुकुम पश्चिम स्थायी घर भएका विक काभ्रेको खानीखोला गाउँपालिकामा लेखापालको जिम्मेवारीमा रहनुभएको छ ।

एकान्कागुवा हिमालको उचाइ छ हजार ९६२ मिटर रहेको छ । 

उहाँले यसअघि अफ्रिकाको अग्लो चुचुरो किलिमञ्जरोको समेत सफल आरोहण गर्नुभएको छ । 


११. सङ्घीय संसद्को महासचिवमा कसलाई नियुक्त गरियो ?

पद्मप्रसाद पाण्डेय (विसं २०८० माघ २३)


१२. राष्ट्रिय महिला उद्यमी सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?

विसं २०८० फागुन ४ र ५, भैरहवा 

१३. विसं २०८० माघमा सम्पन्न प्रथम विश्वविद्यालय खेलकुद प्रतियोगिताको उपाधि कसले जित्यो ?

त्रिभुवन विश्वविद्यालय 

त्रिभुवन विश्वविद्यालय १८ स्वर्ण, आठ रजत र तीन कांस्य पदक जितेर च्याम्पियन बनेको छ । 

राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगितामा सुदूरपश्चिम विश्वविद्यालय दोस्रो (तीन स्वर्ण, चार रजत र नौ कांस्य) र लुम्बिनी बौद्ध विश्वविद्यालय तेस्रो (एक स्वर्ण, दुई रजत र दुई कांस्य) भएका छन् । 

खेल सञ्चालन ः विसं २०८० माघ २२ र २३, काठमाडौँ ।

खेल सङ्ख्या ः ४ (एथ्लेटिक्स, भलिबल, टेबलटेनिस र ब्याडमिन्टन) 

सहभागी विश्वविद्यालय ः १० (त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, काठमाडौँ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय, कृषि तथा वनविज्ञान विश्वविद्यालय र गण्डकी विश्वविद्यालय) 


१४. नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय शतक बनाउने महिला क्रिकेटर को हुनुहुन्छ ?

रुबिना क्षेत्री बेल्बासे

सन् २०२४ फेब्रुअरीमा मलेसियामा आयोजित एसिसी प्रिमियर कपमा ११८ रनको शतकीय इनिङ्स खेलेर पूर्वकप्तान रुबिना क्षेत्री बेलबासेले नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय शतक बनाउने रेकर्ड आफ्नो नाममा राख्नुभएको छ । 

माल्दिभ्सविरुद्ध २१४ रनको विशाल अन्तरको जित निकाल्दा रुबिनाले सो रेकर्ड कायम गर्नुभएको हो । 

रुबिना नेपालका लागि अन्तर्राष्ट्रिय टी–२० खेलको एकै खेलमा सर्वाधिक चौका र छक्का प्रहार गर्ने क्रिकेटरसमेत बन्नुभएको छ । 

सो खेलमा नेपालको महिला टोलीको अन्तर्राष्ट्रिय टी–२० फम्र्याटमा सर्वाधिक ठुलो २२७–४ को योगफलको रेकर्ड पनि कायम भएको छ । 


१५. सन् २०२४ फेब्रुअरीमा कतारमा सम्पन्न एसिया कप फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ?

आयोजक कतार 

कतारले जोर्डनमाथि ३–१ को जित निकाली लगातार दोस्रो पटक उपाधि हात पारेको हो ।

फाइनल खेलमा कतारका स्ट्राइकर अफिफले ह्याट्रिक गरेका छन् । उनले तीन वटै गोल पेनाल्टीद्वारा गरेका हुन् । 


१६. सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

सुप्रिम मल्ल (नगद ५० हजार रुपियाँ र सम्मानपत्र)


१७. विसं २०८० माघ २९ मा सार्वजनिक नेपाल जीवनस्तर सर्वेक्षण २०७९/८० अनुसार गरिबीको रेखामुनि रहेको जनसङ्ख्या कति रहेको छ ?

२०.२७ प्रतिशत

तेस्रो जीवनस्तर सर्वेक्षण २०६६/६७ अनुसार नेपालको गरिबी २५.१६ प्रतिशत रहेको छ । 

करिब डेढ दशकमा गरिबीको दर जम्मा ५.१३ प्रतिशत बिन्दुले मात्रै घटेको छ । 

२०४५ मा कुल जनसङ्ख्याको ४२ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेकोमा २०६९ मा आइपुग्दा २३.८ प्रतिशतमा झरेको थियो । 

गरिबीको दर सहरी क्षेत्रमा १८.१४ प्रतिशत छ भने ग्रामीण क्षेत्रमा २४.६६ प्रतिशत देखिएको छ । 

कृषि क्षेत्रमा रोजगारी गर्नेहरू सबैभन्दा बढी ३७.८१ प्रतिशत र सेवा क्षेत्रमा स्वरोजगार रहेका सबैभन्दा कम ७.२६ प्रतिशत गरिब छन् । 

निरक्षर जनसङ्ख्या सबैभन्दा बढी ३२.३२ प्रतिशत एवं स्नातक वा सोभन्दा बढी पढेका सबैभन्दा कम ७.२६ प्रतिशत गरिब । 

परिवारको सदस्य सङ्ख्या सात वा सोभन्दा बढी रहेको जनसङ्ख्या सबैभन्दा बढी २९.९२ प्रतिशत गरिब र एक जना मात्रै रहेको जनसङ्ख्या सबैभन्दा कम ७.२६ प्रतिशत गरिब । 

धनी र गरिबबिचको असमानता नाप्ने गिनी सूचक ०.३० (यसअघि ः ०.३३) रहेको छ । 

प्रतिवर्ष प्रतिव्यक्ति ७२ हजार ९०८ रुपियाँभन्दा 

कम खर्च गर्ने नागरिक गरिब अन्तर्गत वर्गीकरण गरिएको छ ।


१८. पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारले पहिलो पटक मन्त्रीपरिषद्को कार्यालयभन्दा बाहिर कहाँ मन्त्रीपरिषद्को बैठक आयोजना ग¥यो ?

पञ्चकोट (बागलुङ) 

२०८० माघ २९ मा सर्वसिद्धिधाम पञ्चकोटमा मन्त्रीपरिषद् बैठक बसेको छ । 

प्रदेशभित्रका ऐतिहासिक धार्मिक पुरातात्त्विक, पर्यटकीय स्थलको प्रवर्धन गर्न प्रदेशका विभिन्न ठाउँमा बैठक गर्ने योजना अनुसार पञ्चकोटमा बैठक बसेको जनाइएको छ ।

१९. सन् २०२४ फेब्रुअरीमा सम्पन्न आईसीसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ?

अस्ट्रेलिया 

फेब्रुअरी ११ मा भएको फाइनल खेलमा अस्ट्रेलियाले भारतलाई ७९ रनले हराएर सो उपाधि जितेको हो । 

अस्ट्रेलियाले चौथो पटक यु–१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ । सन् २०१० पछि भने अस्ट्रेलिया पहिलो पटक च्याम्पियन बनेको छ । 

प्रस्तुतकर्ता : टङ्क केसी