• २३ वैशाख २०८२, मङ्गलबार

भूकम्पपीडितलाई ज्येष्ठ नागरिकको आर्थिक सहयोग

blog

गुणबहादुर रोका 

सुलीकोट, मङ्सिर १२ गते । जाजरकोटमा गएको भूकम्पका पीडितलाई ज्येष्ठ नागरिक संघ गोरखाले आर्थिक सहयोग गरेको छ । मंगलबार ज्येष्ठ नागरिक संघ गोरखाका पदाधिकारी सहितको टोलीले प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालमार्फत दुई लाख २१ हजार ७ सय ११ रुपियाँ सहयोग गरिएको ज्येष्ठ नागरिक संघ गोरखाका अध्यक्ष मोहनलाल श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार राहत रकम प्रधानमन्त्री दैबीप्रकोप सहायत कोष, राष्ट्रिय वाणिज्य बैंकमा  जम्मा भएको भौचर प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको हो । 

भूकम्पपीडित तथा प्रभावित भएकालाई राहत, पुननिर्माण लगायत काममा सहयोग पुगोस् भनेर ज्येष्ठ नागरिक संघ गोरखाको निर्णय अनुसार राहत रकम जुटाएर सानो सहयोग गरिएको अध्यक्ष मोहनलाल श्रेष्ठले जानकारी दिनुभयो ।