• २९ वैशाख २०८१, शनिबार

झापामा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते

blog

दुर्घटनामा परेको सिटी सफारी ।

लीलाराज खड्का

विर्तामोड, मङ्सिर १२ गते। झापाको गौरादहको कार्की चोकमा मङ्गलबार  बिहान  सिटीसफारी र मिनी ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

गौरादह डिपु चोकबाट गौरादह ३ बरगाछीतर्फ जाँदै गरेको गौरादह नगरपालिकाको ई ५३ नम्बरको  सिटी सफारीलाई पानी कम्पनी बेलाको ना.अ.प.स. २५३ नम्बरको पिकअप गाडीले पछाडिबाट ठक्कर दिँदा दुवै सवारी पल्टिएका थिए। 

दुर्घटनामा सिटी चालक गौरादह २ का अन्दाजी ५० वर्षीय रघुनाथ काफ्लेको मृत्यु भएको हो। अन्य तीन जना घाइते रहेको प्रहरीले जनाएको छ। 

दुर्घटनामा परी सिटीमा सवार गौरादह ३ बस्ने ५५ वर्षीया रमा नेपाल र सोही ठाउँकी ४४ वर्षीया मेनुका भण्डारी घाइते भएका छन्। 

त्यस्तै पिकअप चालक गौरीगञ्ज बस्ने राजेश दास घाइते हुनुभएको छ। घाइतेहरूको दमकमा उपचार भइरहेको दमक प्रहरीले बताएको छ।