• ३० वैशाख २०८१, आइतबार

कटुवा पेस्तोल र बुलेट बरामद

blog

तस्बिरः बागमती प्रदेश प्रहरी कार्यालय।

राममणि दाहाल

हेटौँडा, मङ्सिर १२ गते। मकवानपुरको राक्सिराङ गाउँपालिका १ स्थित दुङ्गुखोलाबाट प्रहरीले कटुवा पेस्तोल र बुलेट बरामद गरेको छ। अपरिचित व्यक्तिले स्थानीयको पसल अगाडि एक थान कटुवा पेस्तोल र दुई थान बुलेट फालेर भागेकोको अवस्थामा प्रहरीले बरामद गरेको हो।

स्थानीयले खबर गरेपछि प्रहरी चौकी चैनपुरबाट गएको प्रहरी टोलीले स्थानीयले उक्त हतियार र बुलेट छोडेर भागेको अवस्थामा बरामद गरेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ।

प्रहरी चौकी चैनपुरबाट करिब आठ किमी पूर्वमा रहेको घटनास्थलमा प्रहरी पुग्नुभन्दा पहिले नै स्थानीयले उक्त हतियार देखाउने व्यक्ति र हतियार  नियन्त्रणमा लिन खोज्दा कटुवा पेस्तोल र बुलेट फालेर ती मानिस भागेका थिए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।