• २१ वैशाख २०८१, शुक्रबार

आहारामा शुक्रकीट निर्भर

blog

शुक्रकीट गुणस्तर र सङ्ख्याका बारेमा विभिन्न खालका अनुसन्धान रिपोर्ट आएका छन् । यसै शृङ्खलामा आहारमा चिल्लोको मात्रा र प्रकारले शुक्रकीटको गुणस्तर र सङ्ख्यामा प्रभाव पार्ने निष्कर्ष अमेरिकामा गरिएको एक अध्ययनको छ । 

खानामा स्याच्युरेटेड चिल्लोले स्वास्थ्यमा खराब प्रभाव पर्ने प्रमाणित छ र अनुसन्धानकर्ताले कमजोर प्रजनन क्षमतासँग पनि यसको सम्बन्ध स्थापित गरेका छन् ।  

ह्युम्यान रिप्रोडक्सन जर्नलमा जनाइए अनुसार म्यासाच्युसेट्स जनरल अस्पतालका रिप्रोडक्टिव इन्डोक्रिनोलोजीका अनुसन्धानकर्ता जिल अट्म्यानको टोलीले ९९ जना अमेरिकी पुरुषमा अनुुसन्धान गर्दा धेरै चिल्लो खाने मानिसमा शुक्रकीटको सङ्ख्या कम हुने पत्ता लगाएको थियो ।

यसका साथै ओमेगा–३ पोलिस्याच्युरेटेड चिल्लो भएको खाना खाने पुरुषमा शुक्रकीटको गुणस्तर र सङ्ख्या अधिक हुने भनाइ जिलको टोलीको छ । माछा र वनस्पति तेलमा पाइने ओमेगा–३ पोलिस्याच्युरेटेड चिल्लोले स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दछ ।

यसअघिको एक अनुसन्धानले पनि मोटोपना र शुक्रकीटको गुणस्तरबीच सम्बन्ध हुने दर्शाएको थियो । 

–युवामञ्च