• २९ वैशाख २०८१, शनिबार

स्याङ्जा क्रिकेट सङ्घमा थापा

blog

स्याङ्जा जिल्ला क्रिकेट संघको तेस्रो अधिवेशनबाट निर्विरोध निर्वाचित दिवाकर थापाको अध्यक्षतामा १५ सदस्यीय । तस्बिर : अर्जुन काफ्ले

अर्जुन काफ्ले
स्याङ्जा, साउन २८ गते ।
 स्याङ्जा जिल्ला क्रिकेट सङ्घको तेस्रो अधिवेशनले पुनः दिवाकर थापाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिति निर्विरोध निर्वाचित गरेको छ ।

समितिको उपाध्यक्षमा विनोद कार्की, सचिवमा सोनेय तिवारी, कोषाध्यक्ष अनुपम मरासिनी रहनुभएको छ ।

समितिको सदस्यमा जगतबहादुर टमाटा, सदस्य नारायणप्रसाद तिवारी, लालबहादुर गुरुङ, अभिषेक ढकाल, रागिस श्रेष्ठ, सन्देश थापा, किशोर थापा, बिन्दु खत्री, विद्यादेवी भट्टराई, टोपबहादुर राना, रोकेश थापा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृत युग नारायण श्रेष्ठले जानकारी दिनुभयो ।