• १२ वैशाख २०८१, बुधबार

दुई सय आठ विद्यालयले बुझाए छात्रवृत्तिको विवरण

blog

काठमाडौं महानगरपालिका ।

काठमाडौं, जेठ २३ गते । काठमाडौं महानगरपालिकाले अन्तर्गतका दुई सय आठ विद्यालयले छात्रवृत्ति वितरणको विवरण बुझाएको जनाएको छ । 

महानगर शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले मंगलबार अपरान्ह विज्ञप्ति जारी गर्दै शैक्षिक सत्र २०८० का लागि कक्षा १० सम्मका विद्यार्थीलाई छात्रवृत्ति वितरणको नामावली पेस गर्ने विद्यालयको नाम सार्वजनिक गर्नुभएको हो । महानगरको नियमावली अनुसार संस्थागत विद्यालयले कम्तिमा पनि दश प्रतिशत छात्रवृत्ति वितरण गर्नुपर्ने व्यवस्था छ ।

महानगरको शिक्षा विभागले पटक–पटक छात्रवृत्ति वितरण विवरण बुझाउन पत्रचार एवम् सूचना सार्वजनिक गरेपनि सो विवरण पेस नभएपछि मंगलबार पुनः तीन सय ४२ निजी विद्यालयको नाम सार्वजनिक गरेको थियो ।





यो पनि पढ्नुहोस