• १६ चैत २०८०, शुक्रबार

युक्रेनमा काखोभका बाँध नष्ट

blog

मस्को, जेठ २३ गते । काखोभका जलविद्युत बाँध पटक पटकको आक्रमणबाट आंशिक नष्ट भएको  छ । दक्षिणी युक्रेनमा मस्को–स्थापित अधिकारीहरूले मङ्गलबार यस बारे सार्वजनिक टिप्पणी गरेका हुन् ।

नोभा काखोभका सहरको मस्को–समर्थित प्रशासनका प्रमुख भ्लादिमिर लियोन्टिएभले रातभरि ‘काखोभका बाँधलाई लक्षित गरी थुप्रे आक्रमण’ भएको र बाँधको गेट भल्भहरू ध्वस्त पारिएको छ त्यसबाट पानीको ‘अनियन्त्रित’ प्रवाह भइरहेको छ । रासस/एएफपी