• १३ असोज २०८१, आइतबार

स्कारपियो दुर्घटना हुँदा बालकको मृत्यु

blog

दुर्घटनामा परेको स्कारपियो गाडी । तस्बिर : नेपाल प्रहरी

चन्द्र पन्दाक

ताप्लेजुङ, जेठ ११ गते । ताप्लेजुङमा बिहीबार बिहान स्कारपियो जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सदरमुकामस्थित फुङ्लिङ नगरपालिका –६ मा मे १ च ७३५३ नम्बरको स्कारपियो दुर्घटना हुँदा पाँच वर्षीय बालकको मृत्यु भएको हो । 

बिहीबार बिहान ८ः३० बजेतिर गुम्बानजिक सडकबाट जिप करिब एक सय मिटर तल झरेको छ । सो दुर्घटनामा फुङ्लिङ नगरपालिका –६ का सागर गुरुङका नाबालक छोरा अंशुमन गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो । 

प्रनाउ लिम्बूका अनुसार दुर्घटनामा परी गम्भीर घाइते बालकलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उपचारार्थ अस्पताल लगिएका बालकलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । 

गुम्बाबाट फुङ्लिङ बजारको पराजुली चोकतर्फ आउने क्रममा अनियन्त्रित भई स्कारपियो दुर्घटना भएको बताइएको छ । चालक कृष्ण गुरुङ घाइते हुनुभएको छ । आँखालगायत शरीरका अन्य भागमा उहाँलाई चोट लागेको छ । उहाँको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घटनाको विषयमा अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।