• १६ वैशाख २०८१, आइतबार

महावीर पुनको आन्दोलनमा राप्रपा अध्यक्ष लिङ्देन

blog

महावीर पुनको नेतृत्वमा जारी धर्नामा सहभागी राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलगायत। तस्बिर : सागर बस्नेत

काठमाडौं, वैशाख १७ गते। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ऐक्यबद्धता जनाउनुभएको छ। 

माइतीघर मण्डलमा केही दिनदेखि जारी धर्ना कार्यक्रममा पुगेर अध्यक्ष लिङ्देनले ऐक्यबद्धता जनाउनुभएको हो। पुन केही सहयोगीका साथमा अनुसन्धान, नवप्रवर्तन र आविष्कारको लागि सामाजिक जनआन्दोलन र धर्नामा हुनुहुन्छ।