• १३ साउन २०८१, आइतबार

राष्ट्रपति पौडेल डिस्चार्ज : आजै नेपाल आउँदै

blog

राष्ट्रपति रामचन्द्र पौडेल । फाइल तस्बिर

काठमाडौं, वैशाख १७ गते । भारतमा उपचारत राष्ट्रपति रामचन्द्र पौडेल आज नेपाल फर्किनुहुने भएको छ । वैशाख ६ गते उपचारका लागि भारत जानुभएका पौडेल आज दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) बाट डिस्चार्जपछि स्वदेश फर्किन लाग्नुभएको हो । 

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार उहाँ आइतबार राति नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्किन लाग्नु भएको हो । प्रवक्ता आचार्यले राष्ट्रपतिलाई चिकित्सकले केही हप्ता आराम गर्न सुझाव दिएको जानकारी दिनुभयो । 


स्वास्थ्यमा समस्या देखिएपछि वैशाख ५ गते महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएका पौडेललाई चिकित्सकै सुझावमा वैशाख ६ गते दिल्ली लगिएको थियो ।

यो पनि पढ्नुहोस