• १३ साउन २०८१, आइतबार

राष्ट्रपतिको स्वास्थ्यमा राम्रो सुधार : आइतबार डिस्चार्जको सम्भावना

blog

राष्ट्रपति रामचन्द्र पौडेल । फाइल तस्बिर

काठमाडौं, वैशाख १६ गते । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा राम्रो सुधार भएको छ । भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा उहाँको उपचार भइराखेको छ । 

दिल्लीस्थित नेपाली राजदूतावासले शनिबार विज्ञप्ति सार्वजनिक गर्दै उहाँको स्वास्थ्यमा राम्रो सुधार भएकाले भोलि डिस्चार्ज हुने सम्भावना रहेको जनाएको हो । 

विज्ञप्तिमा भनिएको छ, ‘‘सम्माननीय राष्ट्रपतिज्यूको उपचारमा संलग्न सम्बन्धित चिकित्सकहरुले उहाँको स्वास्थ्यमा राम्रो सुधार भएकोले भोलिसम्ममा अस्पतालबाट डिस्चार्ज हुनसक्ने सम्भावना रहेको बताएका छन् ।’’

स्वास्थ्यमा समस्या भएपछि राष्ट्रपति पौडेल वैशाख ६ गते उपचारका लागि भारतको नयाँ दिल्ली जानुभएको हो।  यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो।