• १३ साउन २०८१, आइतबार

स्यालमा पहिलो पटक रेबिज परीक्षण

स्यालले टोक्दा रेबिज लागेर चौपाया मर्दै

blog

स्थानीयले मारेको स्यालमा रेबिज परीक्षण गरिँदै। तस्बिरः पशुपन्छी रोग अन्वेषण प्रयोगशाला

अविनाश चौधरी

धनगढी, वैशाख ११ गते । घर–घरमा आएर पशुलाई टोक्ने स्याललाई परीक्षण गर्दा रेबिज पुष्टि भएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीका अनुसार कञ्चनपुरस्थित कृष्णपुर नगरपालिका–१ मा आतङ्क मच्चाएपछि स्थानीयले स्याललाई मारेका हुन् ।

स्याललाई परीक्षण गर्दा रेबिज पुष्टि भएको प्रयोगशालाका प्रमुख डा. नरेश जोशीले जानकारी दिनुभयो । ‘स्यालमा प्रायः रेबिज हुने गर्दछ’, उहाँले भन्नुभयो, ‘तर, पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले पहिलो पटक स्यालमा रेबिज परीक्षण गरेको हो ।’ 

स्यालले टोकेपछि सो क्षेत्रमा रेबिज देखिएका दर्जनौँ घरपालुवा पशु यसै वर्ष मरेको डा. जोशीले बताउनुभयो । ‘यो जटिल समस्या बन्दै गएको छ’, उहाँले भन्नुभयो । स्यालका कारण स्थानीय त्रसित छन् ।  

कैलाली, कञ्चनपुर दुवै जिल्लामा पशुहरूमा रेबिज देखापरेको छ । पछिल्लो दुई/तीन महिनाको अवधिमा गाई, भैँसी, बाख्रा, कुकुर र स्यालमा गरी २२ वटा रेबिज अन्वेषण गरिएको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले जानकारी दिएको छ ।