• ९ मंसिर २०८१, आइतबार

‘द साइलेन्ट इको’ उत्कृष्ट

blog

काठमाडौँ, वैशाख ८ गते । निर्माता रामकृष्ण पोखरेलको नयाँ लघु चलचित्र ‘द साइलेन्ट इको’ भारतीय क्रिटिक्स च्वाइस अवार्ड २०२३ मा उत्कृष्ट चलचित्र घोषणा भएको छ । नेपाल, भारत, बङ्गलादेश र फ्रान्सको संयुक्त निर्माणमा तयार भएको चलचित्रले उत्कृष्ट चलचित्रसँगै, उत्कृष्ट छायाङ्कनको पनि अवार्ड पनि हात पारेको छ ।

बलिउड अभिनेता राजकुमार रावले निर्माता पोखरेल र छायाकार जोहेर मुसाभीरलाई अवार्ड प्रदान गर्नुभएको थियो । सुमन सेन निर्देशित चलचित्रले चार बालबालिकामा सङ्गीतप्रति देखिएको लगावको कथा बताउँछ ।