• १३ असोज २०८१, आइतबार

नेशनल चेस च्याम्पियनसिप सुरु

blog

नेशनल चेस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : बुद्धिचाल महासंघ

काठमाडौं, वैशाख ५ गते । नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा मंगलबारदेखि नेशनल चेस च्याम्पियनसिप सुरु भएको छ ।

काठमाडौको लाजिम्पाट स्थित होटल ले हिमालयमा सुरु भएको प्रतियोगिताको पहिलो दिन खुलातर्फ उच्च रेटेड खेलाडी फिडेमास्टर रुपेश  जैशवाल, अर्का फिडेमास्टर क्षितिज भण्डारी, पूर्व नेपाल च्याम्पियन सूरविर लामा, झापाका राजन सुवेदी, युवा खेलाडी पुरुषोत्तम सिलवालले जित निकाल्नु भएको छ । 


रुपेशले झापाका प्रकाश नेपाललाई पराजित गरे भने क्षितिजले ललितपुरका राजन पुरीलाई हराउनुभयो । यस्तै सुरविरले केशव श्रेष्ठ, राजन सुवेदीले पुरुषोत्तम चौलागाईं र पुरुषोत्तम सिलवालले दोलखाका राजिव कार्कीलाई हराउनुभयो । 

महिलातर्फ पहिलो वरीयताकी फिडेमास्टर सुजना लोहनी, शान्ति धिमाल, धिमाल, शुसिला गुरुङले जित निकाल्नुभयो । सुजनाले मार्सल तामाङलाई, शान्तिले सिन्दिरा जोशीलाई र शुसिलाले झापाका पुनम प्रसाईंलाई पराजित गर्नुभयो ।

च्याम्पियनसिपको राष्ट्रियसभाकाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनावे उद्घाटन गर्नुभएको थियो । च्याम्पियनसिप वैशाख १० गतेसम्म चल्नेछ ।