• १३ असोज २०८१, आइतबार

लयमा फर्कियो एनआरटी

blog

लिगमा प्रतिस्पर्धा गर्दै एनआरटी र खुमलटारका खेलाडी । तस्बिर : एन्फा

काठमाडौं, वैशाख ५ गते । न्युरोड टिम (एनआरटी) शहिद स्मारक ‘ए’ डिभिजन लिगको लयमा फर्किएको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा एनआरटीले एफसी खुमलटारलाई ३–१ गोलले हरायो ।

लिगको सुरुवाती खेलमा खराव नतिजाको सामना गरेको एनआरटीले पछिल्ला खेलमा सुधार गरेको हो । एनआरटीको जितमा सरोज तामाङ, सन्जीव विष्ट र मोहित गुरुङले गोल गर्नुभयो । खुमलटारका श्याम मुर्मुले सान्त्वना गोल फर्काउनुभयो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा भएको थियो । सरोज तामाङले ६५औं मिनेटमा खाता खोल्नुभएको थियो । त्यसपछि सन्जीव विष्टले ८२औं र श्याम मुर्मुले ९०औं मिनेटमा गोल गर्नुभएको थियो ।

एनआरटीका मोहित गुरुङले ८५औं मिनेटमा सान्त्वना गोल फर्काउनुभएको थियो । जितसँगै एनआरटीले १० खेलबाट १० अङ्क बनाएको छ । पराजित खुमलटारको पनि समान खेलबाट १० अङ्क छ ।