• १३ साउन २०८१, आइतबार

यी हुन् सबैभन्दा धेरै र कम जनसङ्ख्या भएका पाँच जिल्ला

blog

विष्णु पाण्डेय

काठमाडौ, चैत्र १० गते। शुक्रबार सार्वजनिक नतिजा अनुसार देशका ७७ जिल्लामध्ये सबैभन्दा बढी जनसङ्ख्या भएको जिल्ला काठमाडौ  रहेको छ। 

यस्तै कम जनसङ्ख्या भएको जिल्ला मनाङ हो। शुक्रबार सार्वजनिक २०७८ सालको जनगणनाको अन्तिम नतिजाअनुसार जिल्लागत रूपमा काठमाडौं जनसङ्ख्या २० लाख ४१ हजार ५८७ पुग्दा मनाङको जनसङ्ख्या तीन हजार १९२ रहेको छ   

जनसंख्या बढी भएका पाँच जिल्ला 

२०७८ सालको जनगणनाको सार्वजनिक नतिजाअनुसार सबैभन्दा बढी जनसङ्ख्या भएको जिल्ला काठमाडौं हो। जसको जनसङ्ख्या वृद्धिदर १‍.५१ प्रतिशत रहेको छ। २०७८ सालको जनगणनाको तथ्याङ्क अनुसार काठमाडौंको जनसङ्ख्या २० लाख ४१ हजार ५८७ रहेको छ। यो कुल जनसङ्ख्याको ७ प्रतिशत हो। 

यस्तै दोस्रो ठूलो जनसङ्ख्या भएको जिल्लामा मोरङ रहेको छ। जहाँको जनसङ्ख्या वृद्धिदर १.६६ प्रतिशत रहेको छ। सार्वजनिक नतिजाअनुसार मोरङ जिल्लाको जनसङ्ख्या ११ लाख ४८ हजार १५६ रहेको छ। यो कुल जनसङ्ख्याको ३.९४ प्रतिशत हो। 


तेस्रो धेरै जनसङ्ख्या हुने जिल्लामा रुपन्देही रहेको छ। जसको वृद्धिदर २.३३ प्रतिशत छ। सार्वजनिक नतिजाअनुसार रुपन्देही जिल्लाको जनसङ्ख्या ११ लाख २१ हजार ९५७ रहेको छ। यो कुल जनसङ्ख्याको ३.८५ प्रतिशत हो।  

चौथो धेरै जनसङ्ख्या हुने जिल्लामा झापा रहेको छ। जसको वृद्धिदर १.९७ प्रतिशत रहेको छ। सार्वजनिक परिणामअनुसार झापाको जनसङ्ख्या नौ लाख ९८ हजार ५४ रहेको छ।  

पाँचौँ धेरै जनसङ्ख्या भएको जिल्लामा सुनसरी रहेको छ। जसको वृद्धिदर १.८६ प्रतिशत रहेको छ। सार्वजनिक परिणामअनुसार सुनसरीको जनसङ्ख्या नौ लाख २६ हजार ९६२ रहेको छ।  

यो पनि पढ्नुहोस

महिलाको नाममा घरजग्गा कम भएको प्रदेश सुदूरपश्चिम

नेपालको साक्षरता दर १० प्रतिशतले वृद्धि

जनगणना २०७८ : तराईमा बढ्दै, पहाड र हिमालमा घट्दै

सबैभन्दा कम  जनसंख्या भएका पाँच जिल्ला 

यो पनि पढ्नुहोस

कुल जनसङ्ख्याको २.२ प्रतिशतमा अपाङ्गता

२०७८ सालको जनगणनाको विवरणअनुसार सबैभन्दा कम जनसङ्ख्या भएको जिल्ला मनाङ रहेको छ। जसको ऋणात्मक दर १.३९ प्रतिशत रहेको छ। सार्वजनिक परिणामअनुसार मनाङ जिल्लाको जनसङ्ख्या पाँच हजार ६५८ रहेको छ। जुन कुल जनसङ्ख्याको ०.०२ प्रतिशत हो।

दोस्रो कम जनसङ्ख्या भएको जिल्लामा मुस्ताङ हो। जसको जनसङ्ख्या वृद्धिदर ०.६९ प्रतिशत रहेको छ। सार्वजनिक परिणामअनुसार मुस्ताङ जिल्लाको जनसङ्ख्या १४ हजार ४५२ रहेको छ। यो कुल जनसङ्ख्याको १.४७ प्रतिशत हो।  



तेस्रो धेरै जनसङ्ख्या भएको जिल्लामा डोल्पा रहेको छ। जसको जनसङ्ख्या वृद्धिदर १.४७ प्रतिशत रहेको छ। सार्वजनिक परिणामअनुसार डोल्पाको जनसङ्ख्या ४२ हजार ७७४ रहको छ। यो कुल जनसङ्ख्याको ०.१५ प्रतिशत हो। चौथो धेरै जनसङ्ख्या भएको जिल्लामा रसुवा रहेको छ। जनसङ्ख्या वृद्धिदर ०.७२ प्रतिशत रहेको छ। सार्वजनिक नतिजा अनुसार रसुवा जिल्लाको जनसङ्ख्या ४६ हजार ६८९ रहेको छ। यो कुल जनसङ्ख्याको ०.१६ प्रतिशत हो। 

पाँचौँ कम जनसङ्ख्या भएको जिल्लामा हुम्ला रहेको छ। जनसङ्ख्या वृद्धिदर ०.८२ प्रतिशत रहेको छ। सार्वजनिक विवरणअनुसार हुम्ला जिल्लाको जनसङ्ख्या ५५ हजार ३९४ रहेको छ। यो कुल जनसङ्ख्याको ०.१९ प्रतिशत हो।