• १३ साउन २०८१, आइतबार

कुल जनसङ्ख्याको २.२ प्रतिशतमा अपाङ्गता

blog

काठमाडौं, चैत १० गते। कुल जनसङ्ख्याको २.२ प्रतिशतमा कुनै न कुनै प्रकारको अपाङ्गता देखिएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र केन्द्रीय तथ्याङ्क विभागको संयुक्त पहलमा राष्ट्रिय जनगणना २०७८ मा कुल जनसङ्ख्याको छ लाख ४७ हजार  ७४४ अर्थात् २.२ प्रतिशतमा कुनै न कुनै प्रकारको अपाङ्गता देखिएको  हो। 

पुरुष जनसङ्ख्याको २.५ प्रतिशतमा र महिला जनसङ्ख्याको २.० प्रतिशतमा अपाङ्गता रहेको तथ्याङ्कले देखाएको छ। अपाङ्गता भएका व्यक्तिमध्ये पुरुष ५४.२ प्रतिशत र महिला ४५।.८ प्रतिशत रहेको छ।

अपाङ्गता भएका व्यक्तिमध्ये सबै भन्दा धेरैमा शारीरिक अपाङ्गता ३७.१ प्रतिशत रहेको छ। 

१७.१ प्रतिशतमा न्यूनदृष्टियुक्त अपाङ्गता, ८.९ प्रतिशतमा बहुअपाङ्गता, ८.० प्रतिशतमा सुस्तश्रवण, ६.४ प्रतिशतमा स्वर बोलाइसम्बन्धी अपाङ्गता रहेको छ। 

त्यसैगरी पूर्ण दृष्टिविहीन ५.४, बहिरोपन  ७.९,सुस्त श्रवण ८, श्रवण दृष्टिविहीन  १.६, मानसिक मनोसामाजिक ४.३, बौद्धिक अपाङ्गता १.८, अनुवंशीय रक्तस्राव (हेमोफेलिया) ०.८,अटिजम ०.८ रहेका छन्।