• १३ असोज २०८१, आइतबार

स्ववियु निर्वाचनको मुखमा क्याम्पसमा तोडफोड

blog

काँकडभिट्टा बहुमुखी क्याम्पस तोडफोड गर्दै आक्रोशित विद्यार्थी । तस्बिर : लीलाराज खड्का

विर्तामोड समाचारदाता

विर्तामोड, चैत्र १ गते। निर्वाचन आचारसंहिता विपरीत विद्यार्थी भर्ना गरिएका विद्यार्थीको नाम मतदाता सूचीबाट हटाउन माग गर्दै नेकपा (एमाले) निकट अनेरास्ववियुले काँकडभिट्टा बहुमुखी क्याम्पसमा तोडफोड गरेको हो।

एमाले निकट अनेरास्ववियु र एकीकृत समाजवादी निकट अनेरास्ववियुबीच झडप भएको जनाइएको छ। क्याम्पस गेटमा भएको बोर्ड एमाले निकट अनेरास्ववियुले जलाउन खोज्दा एकीकृत समाजवादी निकट अनेरास्ववियुले रोकेको थियो। त्यसक्रममा झडप भएको स्थानीयको भनाइ छ ।

काँकडभिट्टा बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनसम्बन्धी विवाद झन् बढ्दै गएको छ। क्याम्पसको बोर्ड तोडफोड गरेको भन्दै अनेरास्ववियुका दुई जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा अनेरास्ववियुका जिल्ला कार्यालय सचिव सन्तोष धमला र क्याम्पस कमिटी अध्यक्ष सन्देश पौडेल रहेको प्रहरीले जनाएको छ।  

उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएकोमा बिहीबार  छलफल गर्नेगरी छोडिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक  खगेन्द्र रिजालले बताउनुभयो।