• १३ साउन २०८१, आइतबार

गम्भीर घाइतेकाे उपचार काठमाडाैँमा

बोलेरो दुर्घटनाका मृतकको पहिचान खुल्यो

blog

दुर्घटनामा परेकाे गाडी ।

शेरबहादुर राई 

ओखलढुङ्गा, फागुन २१ गते । आइतबार बिहान चिशंखुगढी गाउँपालिकादेखि ओखलढुङ्गा सदरमुकाम आउँदै गरेको ना १ ज ८४७३ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै ज्यान ज्यान गएको छ ।

वडा नं. ३ दियालेको राहुटार नजिकै बोलेरो दुर्घटना हुँदा दुर्घटनामा चिशंखुगढीका ५२ वर्षीय मीनबहादुर श्रेष्ठ र ७० वर्षीय भक्तबहादुर थापाको ज्यान गएको हो ।

उक्त बोलेरो जिपमा चालकसहित १३ जना यात्रु थिए । दुर्घटनामा नौ जना गम्भीर घाइते हुनुभएको छ । दुर्घटनामा पुर्न भएका तीर्थलक्ष्मी थापा, शर्मिला श्रेष्ठ, खेम अधिकारी, तुलसादेवी कटेल, आयुषा श्रेष्ठ, केन्द्र कार्की, लडिसा श्रेष्ठ, तिलककुमारी श्रेष्ठ र चालक सुमन कार्कीको अवस्था गम्भीर छ ।

उहाँहरूको उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको चिशंखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्माले जानकारी दिनुभयो ।

जिपमा सवार दुई जना नाबालकको अवस्था सामान्य रहेको बताइएको छ । दुर्घटनाको कारण साथै विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभयो ।