• १३ साउन २०८१, आइतबार

राष्ट्रिय र्‍याफ्टिङ भोटेकोशीमा

blog

फाइल तस्बिर ।

काठमाडौं, फागुन ७ गते । ११औं राष्ट्रिय कायक स्लालम तथा सातौं राष्ट्रिय र्‍याफ्टिङ प्रतियोगिता मंगलबारबाट सिन्धुपाल्चोकको सुकुटेस्थित भोटेकोशी नदीमा सुरु हुने भएको छ ।

नेपाल र्‍याफ्टिङ क्यानोईङ संघले वार्षिक कार्यक्रम अनुसार प्रतियोगिता फागुन ९ गते देखी ११ गतेसम्म हुन लागेको हो । प्रतियोगीतामा विभागीय टोलीको नेपाल पुलिस क्लब, एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब तथा विभीन्न र्‍याफ्टिङ कम्पनी र क्लबका गरी १५ टोलीको सहभागिता रहने संघले जनाएको छ । 

प्रतियोगितामा वर्ल्ड र्‍याफ्टिङ  फेडेरेशन एशियाका अध्यक्षको समेत उपस्थिति रहनेछ । प्रतियोगिता अन्तर्गत कायक स्लालम व्यक्तिगत र र्‍याफ्टिङ समूहगत खेल हो ।

बागमती प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोगमा सञ्चालन हुने प्रतियोगिताको विजेतालाई नगद पुरस्कारसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।