• १५ असार २०८१, शनिबार

बुढासुब्बा गोल्डकप फागुन १३ बाट

blog

बुढासुब्बा गोल्डकपबारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

निशा राई 

धरान, फागुन ७ गते । धरानको चर्चित फुटबल प्रतियोगिता वुढासुब्बा गोल्डकपको २३औं संस्करण फागुन १३ गतेदेखि हुने भएको छ । 

कोभिडको कारण दुई वर्ष रोकिएको बुढासुब्बा गोल्डकप फुटबल यसवर्ष रोजगार मुलक र व्यवसायी मुलक बनाउने योजनासहित नयाँ ढगंमा शुरु गर्न लागिएको बुढासुब्बा फुटबलको अध्यक्ष तथा एन्फा प्रदेश १ का पूर्व अध्यक्ष किशोर राईले बताउनुभयो । उहाँको अनुसार यसपाली स्थानिय क्लबहरुलाई प्राथमिकतामा राख्ने गरी प्रतियोगिता आयोजना गर्न लागिएको छ । 

२०५५ सालदेखि शुरु भएको प्रतियोगिता कोभिडको कारण पहिलो पटक लगातार २ वर्ष रोकिएको हो । यही फागुन १३ गतेदेखि फागुन २० गतेसम्म प्रतियोगिता आयोजना गर्ने आईतबार पत्रकार सम्मेलन गरी क्लबको उपाअध्यक्ष घनश्याम बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँको अनुसार प्रतियोगितामा वंगलादेश र क्यामरुनका सहित आठ टोलीको सहभागीता रहनेछ । प्रतियोगिताको विजेता टोलीले उपाधिसहित १० लाख र  उपविजेताले पाँच लाख रुपियाँ पुरस्कार पाउनेछ ।

उत्कृष्ट खेलाडीलाई एक लाख रुपियाँ, प्रत्येक खेलको म्यान अफ दि म्याचलाई १० हजार रुपियाँ, उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिड फिल्डर, स्ट्राइकर  प्रशिक्षकलाई जनही २५ हजार, प्रतियोगिताको सर्वाधिक गोलकर्तालाई ३५ हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ । 

यसपटक पत्रकारिता अवार्ड स्वरुप एकजना पत्रकारलाई १५ हजार रुपियाँबाट सम्मान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्न करोड नौ  लाख ५० हजार लाग्ने बताईएको छ ।