• १३ साउन २०८१, आइतबार

खम्बुको स्मृतिग्रन्थ सार्वजनिक

blog

काठमाडौँ, माघ २४ गते । पत्रकार तथा समाजसेवी कमलराज खम्बू ‘आने’को स्मृतिग्रन्थ सार्वजनिक भएको छ। ओखलढुङ्गा मानेभन्ज्याङ रिनुवालका कमलराजको ४६ वर्षको अल्पायुमै हृदयाघातबाट निधन भएको थियो। 

उहाँको परिवारले एक लाख ११ हजार १११ रुपियाँ राशिको कमलराज खम्बू राई ‘आने’ प्रतिभा पुरस्कारको स्थापना गर्दै उहाँको सम्झनालाई सधैँ ताजा राख्ने घोषणासमेत गरेको छ। प्रभाव दैनिकका तत्कालीन सम्पादक तथा खासखबर साप्ताहिकका प्रकाशकसमेत रहनुभएका स्व. कमलराजले राजधानीमा आएर उच्च शिक्षा अध्ययनसँगै यहाँ बाँच्न, पत्रकारितामा आफूलाई अब्बल साबित गर्न गरिएका सङ्घर्षका कथा उहाँका समकक्षी, विद्यार्थी र सहकर्मीले स्मृतिग्रन्थमा उल्लेख गर्नुभएको छ।