• १३ साउन २०८१, आइतबार

‘धुमधामको घुमघाम’सँगै नाटक महोत्सव सम्पन्न

blog

पोखरा, माघ २४ गते । पोखरामा सुरु भएको तेस्रो संस्करणको गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव शनिबार सम्पन्न भएको छ। ‘विद्यालयमा रङ्गमञ्च, अर्थपूर्ण बाल सहभागिताको आधार’ भन्ने मूल मन्त्रका साथ महोत्सवको आयोजना गरिएको थियो। महोत्सवको अन्तिम दिन अतिथि नाटकअन्तर्गत नाटक ‘धुमधामको घुमघाम’ मञ्चन गरिएको थियो। आकाङ्क्षा कार्कीले निर्देशन गर्नुभएको नाटकमा अकाश नेपाली, अशिष काफ्ले ऋषिकेश बस्याल, कविराज राई, गणेशप्रसाद पौडेल, विनिता लामा गुरुङ, मारुती सापकोटा, नवीनचन्द्र अर्याल, निसान खत्री, बास्ना तिमिल्सिना, सरिता कठायत र सुरज मल्लले अभिनय गरेका छन् ।

त्यस्तै महोत्सवको समापनका दिन शनिबार ‘सिकाइको माध्यम नाटक’ शीर्षकमा अन्तक्र्रिया कार्यक्रमसमेत आयोजना गरिएको थियो। रङ्गकर्मी आकाङ्क्षा कार्की र प्रगति माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेशकुमार श्रेष्ठ उपस्थिति रहेको कार्यक्रमको सहजीकरण शिव सङ्कल्पले गर्नुभएको थियो।