• १७ असार २०८२, मङ्गलबार

बाधा अड्काउ फुकाउ आदेश सदनसमक्ष पेश हुने

blog

काठमाडौं, माघ २२ गते । सङ्घीय संसद्अन्तर्गत आज (आइतबार) प्रतिनिधि सभा बैठक बस्दैछ । दिउँसो १ बजेबाट सुरु हुने बैठकमा बाधा अड्काउ फुकाउ आदेश पेश हुने कार्यसूची रहेको छ ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमका बाधा अड्काउ फुकाउ आदेश सदनसमक्ष पेश गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।