• २५ पुस २०८१, बिहिबार

विश्वविद्यालय दलीयकरणको मारमा परे : सांसद देव

blog

नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देव ।

काठमाडौं, माघ १७ गते। नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले नेपालका विश्वविद्यालय दलीयकरणको मारमा परेको बताउनुभएको छ। 

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको मंगलबार बसेको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले नेपाली विश्व विद्यालयमा स्वायत्तताको विषय ठूलो बनेको बताउनुभयो। उहाँले विश्वविद्यालय दलीयकरणको मारमा पर्दा शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको बताउनुभयो। 

उहाँले विश्वविद्यालय दलीयकरण हुँदा विद्यार्थीले उच्च गुणस्तरको शिक्षा ग्रहण गर्न नसकेको बताउनुभयो। उहाँले उच्च गुणस्तरीय शिक्षा प्राप्त नहुँदा नेपाली विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी दक्षिण एसियाली विद्यार्थीसँग पनि प्रतिस्पर्धामा पछि परिरहेको बताउनुभयो। उहाँले देशभित्र सरकार बाहेकका क्षेत्रबाट शिक्षा क्षेत्रमा आउने पुँजीलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो। 

समितिको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की राष्ट्रिय सभा सांसद गङ्गाकुमार बेल्वासेले शिक्षामा सार्क राष्ट्रमध्ये नेपाललाई आकर्षणको केन्द्र बनाउनुपर्ने बताउनुभयो। उहाँले विद्यार्थीमा सानैदेखि विदेश पढ्न जाने मानसिकता विकास भइरहेको भन्दै त्यसलाई रोक्नेगरी अघि बढ्नुपर्ने बताउनुभयो।