• १४ असार २०८१, शुक्रबार

आगोले जलेर बालकको मृत्यु

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, माघ १४ गते। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवामा भीरमा लागेको आगोले जलेर एक बालकको मृत्यु भएको छ। साँवाको दलैँचा भीरमा लागेको आगो निभाउने क्रममा फुङ्लिङ नगरपालिका–२ तीनबरेका १५ वर्षीय सुनील थुलुङ राईको जलेर मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार बिहीबारदेखि लागेको आगो निभाउनलाई स्थानीयसँगै गएका बालक राईको जलेर मृत्यु भएको हो। 

ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक कैलाश राईकाअनुसार राई आफ्नो मावली घर साँवामा आउनुभएको थियो। बालकको शव शनिबार जिल्ला अस्पताल ताप्लेजुङमा पोष्टमार्टम गरी आफन्तलाई बुझाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।