• १२ साउन २०८१, शनिबार

नेपालका इन्द्र बक्सिङको क्वार्टरफाइनलमा

blog

एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै इन्द्रबहादुर सुनार । तस्बिर : राखेप

काठमाडौं, माघ ४ गते । नेपालका इन्द्रबहादुर सुनार थाइल्याण्डको बैंककमा जारी एएसबिसी यू–२२ बक्सिङ च्याम्पियनसिपको क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ ।

मंगलबार भएको ५७ केजी तौल समूहको प्रिक्वार्टरफाइनल खेलमा इन्द्रले लाओसका खेलाडी सोक्साखुनलाई ५–० अङ्कले हराउनुभयो ।

इन्द्रले क्वार्टरफाइनलमा मङ्गोलियाका गन्तुमार लुण्डासँग प्रतिस्पर्धा गर्नुहुनेछ । नेपालबाट सहभागी विजय बाटा ८६ केजी  र महिला खेलाडी त्रिशा जवेगु ७५ केजी तौलमा यसअघिनै सेमिफाइनलमा प्रवेश गरिसक्नुभएको छ ।

प्रतियोगितामा बुधबार महिला ४८ केजी तौलमा सुस्मा तामाङ र ५७ केजी तौलमा हेमा राईले प्रतिस्पर्धा गर्नुहुनेछ । पुरुषतर्फ ४८ केजी तौलमा लालप्रसाद उप्रेतीले सोमबार प्रतिस्पर्धा गर्नुहुनेछ ।