• ९ मंसिर २०८१, आइतबार

टिकटकले जितायो तीसहजार देखि डेढ लाख रुपियाँ

blog

टिकटककाे लागाे ।

केशब पाैडेल

काठमाडौँ, माघ २ गते । ४४ सेकेन्डको टिकटकमा आफ्नो प्रतिभा देखाउने १५ जनाले नौ लाख रुपियाँको पुरस्कार पाएका छन् । नेपालमा केही वर्षयता निर्माण तथा अनलाइन सपिङ गरिरहेको एसवाई बजारले आयोजना गरेको एसवाई बजार जिंगल टिकटक प्रतियोगितामा नेपालका १५ जना टिकटकरले प्रतिव्यक्ति तीसहजारदेखि डेढ लाख रुपियाँसम्म पुरस्कार जितेका छन् । 

प्रतियोगितामा प्रथम भएका रवि मोक्तानले एक लाख ५० हजार, दोस्रो भएका हेमन्त पाण्डे र अजय श्रीस मगरले जनही एक लाख पुरस्कार पाउनुभयो ।

तेस्रो हुने विशेष सिग्देल, रेस्मा राई र गोकुल नकर्मीले जनही ७५ हजार तथा चौथो हुने नमु न्यौपाने र गोपाल कृतिको  संयुक्त जोडी, अस्मिता भुजेल, जीके डान्स एकेडेमी र प्रिन्सिका श्रेष्ठले जनही ४० हजार रुपियाँ जितेका छन् । 

पाँचौँ भएका अन्जन न्यौपाने, रमेश बुढाथोकी, अशोक क्षेत्री र रविन अधिकारीले संयुक्त, मयुर बस्नेत र सुरोज तामाङले जनही ३० हजार पुरस्कार पाएको एसवाई बजारले जानकारी दिएको छ । डिसेम्बर १ देखि डिसेम्बर ३० सम्ममा आएका एक हजार बढी भिडियोबाट एसवाई बजारले उत्कृष्ट छनौट गरेको थियो । एसवाई बजारले २० प्रतिशत लाइक, १० प्रतिशत भ्यूज, क्रियटिभिटी ५० प्रतिशतको मापदण्ड बनाएर पुरस्कार वितरण गरेको थियो । 

पुरस्कार वितरणमा कोरियाबाट एसवाई बजार ग्रुपका अध्यक्ष होङ याङ दोङले नेपालमा धेरै क्षेत्रमा लगानी गर्ने बताउनुभयो । उहाँले एसवाई बजार एक ई–कर्मश व्यवसाय हो । अनलाइनको माध्यमबाट सबै प्रकारका सामग्री अर्डर गरेर किन्न सकिन्छ । एक वर्षमा एसवाई बजारको एपलाई चार लाखले डाउनलोड गरिसकेका छन् ।