• ८ असार २०८१, शनिबार

गोरखापत्र कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सञ्चालक समिति चयन

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, पुस ३० गते । गोरखापत्र कर्मचारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति सर्वसम्मत चयन भएको छ ।

टोखामा शनिबार भएको संस्थाको साधारण सभाले अध्यक्षमा पुष्पराज जोशीसहितको सबैलाई सर्वसम्मत चयन गरेको हो ।

यस्तै, उपाध्यक्षमा वसन्ता मल्ल शर्मा र नन्दलाल तिवारी, सचिवमा विमला घिमिरे, कोषाध्यक्षमा माया आचार्य निर्वाचित हुनुभयो ।

सदस्यहरूमा बोमबहादुर खड्का, कृष्णप्रसाद भण्डारी , श्यामकुमार थापा,विनोद अर्याल, यशोदा खनाल र प्रकाश मैनाली रहनुभएको छ ।

लेखा सुपरिवेक्षण समितिमा राधा चालिसे संयोजक र अमिरमैया रञ्जित र लालबहादुर कुमार सदस्य हुनुभएको छ ।

यस्तै, सो साधारण सभाले गोरखापत्रमा कार्यरत कर्मचारीका छोराछोरीमध्ये एसइई परीक्षामा सर्वोत्कृष्ट नतिजा ल्याउने निरज यादव, मृदुल ढुङ्गाना, सुविज्ञ कार्कीलाई पुरस्कृत गरिएको छ ।