• ८ मंसिर २०८१, शनिबार

वयस्कमा मात्रै होइन, बालबालिकामा पनि देखिन्छ मानसिक समस्या

blog

काठमाडौं, पुस २७ गते । मानसिक समस्या भन्नेबित्तिकै वयस्कलाई हुने समस्या भन्ने धेरैको बुझाइ छ । वयस्कलाई जस्तै बालबालिका तथा किशोर–किशोरीलाई पनि मनोरोगका समस्या हुने चिकित्सकहरू बताउँछन् । 

बालबालिका तथा किशोर–किशोरी मनोचिकित्सक डा. उत्कर्ष कार्कीले ५० देखि ६० प्रतिशत मानसिक समस्या १४ देखि १५ वर्ष उमेर समूहका बालबालिकामा सुरु हुने बताउनुहुन्छ । 

वयस्कलाई मात्र होइन, बालबालिका र किशोर–किशोरीलाई मानसिक समस्या देखिन्छ । तथ्याङ्कअनुसार ५० देखि ६० प्रतिशत मानसिक समस्या १४ देखि १५ वर्षको हाराहारीमा सुरु हुन्छ ।

उहाँ भन्नुहुन्छ, “वयस्कलाई मात्र होइन, बालबालिका र किशोर–किशोरीलाई मानसिक समस्या देखिन्छ । तथ्याङ्कअनुसार ५० देखि ६० प्रतिशत मानसिक समस्या १४ देखि १५ वर्षको हाराहारीमा सुरु हुन्छ ।” तर, बालबालिका र किशोर–किशोरीलाई मनोरोगको प्रकृति फरक हुने डा. कार्की बताउनुहुन्छ । 

किशोर–किशोरीमा देखिने मानसिक समस्या

पूर्व बाल्य अवस्थामा अथवा ६ वर्ष मुनिका बालबालिकामा विकाससम्बन्धी विभिन्न मानसिक स्वास्थ्य समस्या देखिने डा. कार्कीको भनाइ छ । डा. कार्कीका अनुसार सो उमेर समूहका बालबालिकाले आफ्नो भावना व्यक्त गर्न नसक्ने हुँदा यो उमेर समूहमा प्रायजसो शारीरिक लक्षण देखिन्छ ।  

पेट दुख्ने, झगडा गर्ने, चिडचिडापन हुने, रुने, कराउने, आमाबुबासँग झुन्डिने छुट्टिन नमान्ने जस्ता लक्षण देखिने गर्दछन् । 

त्यसका अलावा विकाससम्बन्धी बौद्धिक अपाङ्गता, बौद्धिक विकास नभएको, अटिजम, एडीएचडी जहाँ बच्चा अत्यधिक चकचक गर्ने, एक ठाउँमा बस्न नमान्ने, धैर्यता नहुनेजस्ता मानसिक समस्या देखिने डा. कार्कीले बताउनुभयो ।  

६ देखि १२ वर्ष उमेर समूहका बालबालिकामा भावनाको विकास भइसकेकाले भावनात्मक लक्षण जस्तै: रिसाउने, चिडचिड हुने, कराउने, झगडा गर्नेजस्ता लक्षण देखिन्छ ।

६ देखि १२ वर्ष उमेर समूहका बालबालिकामा भावनाको विकास भइसकेकाले भावनात्मक लक्षण जस्तै: रिसाउने, चिडचिड हुने, कराउने, झगडा गर्नेजस्ता लक्षण देखिन्छ । टाउको दुख्ने, टाउको भारी हुने, पेट दुख्ने, स्कुल जान हिचकिचाउने, स्कुल नजाने, वाकवाक आएको जस्तो हुने, सास फेर्न गाह्रो भएको जस्तो हुने, हातखुट्टा लुलो हुने, बेहोस हुने, मुटु भारी हुने, मुटुको ढड्कन तेज हुनेजस्ता शारीरिक लक्षण देखिने डा. कार्कीको भनाइ छ ।  

यस्तो समस्या झट्ट हेर्दा शारीरिक समस्या होकि जस्तो लाग्छ, जाँच गर्दै जाँदा मानसिक समस्या देखिने डा. कार्कीको तर्क छ । डा. कार्कीका अनुसार यो उमेर समूहका बालबालिकामा देखिने अन्य समस्यामा विगतको कुरा याद आउने, एउटै सोच पटक पटक आउने, आत्तिने, डराउने, एन्जाइटि डिस्अर्डर उदासीनता देखिने, व्यवहारमा समस्याजस्तै भनेको नमान्ने, अटेरी गर्ने, झगडा गर्ने, रिसाउने, तोडफोड गर्नेजस्ता समस्या देखिन्छ ।  

१२ देखि १८ वर्ष उमेर समूहका किशोर किशोरीमा वयस्यकहरुलाई जस्तै मानसिक लक्षण देखिने डा. कार्कीले बताउनुभयो । शारीरिक, भावनात्मक, लागूपदार्थको सेवन गर्ने, आत्महानी गर्नेजस्ता मानसिक समस्या देखिने गर्दछन् । 

किशोर–किशोरीलाई कडाखालका मानसिक रोग जस्तै: साइकोसिस, सिजोफेनिया, वाइपोलार डिस्अर्डर, लागूपदार्थको सेवन, धेरै मोबाइल चलाउने, अत्यधिक टिभी हेर्ने र अन्य ग्याजेटको प्रयोग गर्ने समस्या देखिन्छ ।  

यो उमेर समूहका किशोर–किशोरीलाई कडाखालका मानसिक रोग जस्तै: साइकोसिस, सिजोफेनिया, वाइपोलार डिस्अर्डर, लागूपदार्थको सेवन, धेरै मोबाइल चलाउने, अत्यधिक टिभी हेर्ने र अन्य ग्याजेटको प्रयोग गर्ने समस्या देखिन्छ ।  

यो उमेर समूहका किशोर–किशोरीले विभिन्न तनावलाई व्यवस्थापन गर्न नसक्दा आत्महत्याको सोच आउने र आत्महत्याको प्रयास गर्नेजस्ता समस्या देखिने गर्छ । 

मानसिक समस्याका कारण 

धेरै मानसिक समस्या जेनेटिक (आनुवंशिक) कारण हुने चिकित्सक बताउँछन् । त्यसका अलावा बालबालिका हुर्कने वातावरणीय कारणले गर्दा बालबालिकामा मानसिक समस्या निम्तने डा. कार्कीले बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “बालबालिका हुर्कने वातावरण कस्तो छ । उसले पढ्ने स्कुलको वातावरण, कस्ता साथीभाइसँग घुलमिल गरिरहेका छन् र बालबालिका स्वयम् समस्यालाई कसरी सम्हाल्न सक्छ भन्ने कुरामा भर पर्छ ।” 

मानसिक समस्या भएको कसरी थाहा पाउने ?

बालबालिकामा माथि उल्लेख गरेका लक्षण सामान्यभन्दा बढी देखिएमा उनीहरूको दैनिक जीवनमा नै असर गरेमा अभिभावक सचेत हुनुपर्ने डा. कार्कीको सुझाव छ । 

उहाँ भन्नुहुन्छ, “यो उमेर समूहका बालबालिका तथा किशोर–किशोरीमा यस्ता समस्या छन् र यो समस्या बढ्दै गएका छन्, र उनीहरू कसैले भनेको नमान्ने, पैसा चोर्ने, झुट बोल्ने, पठनपाठन गर्न नसक्ने, दिनचर्यामा असर गर्ने, खाना नखाने, अन्तर्क्रिया गर्दा कठिनाइ आएको छ र निन्द्रामा समस्या छ भने अभिभावक सचेत रहनुपर्छ ।” 

समस्या बढ्न नदिन के गर्ने ?

डा. कार्कीले यस्तो समस्या बढ्न नदिन आफ्ना बालबालिकासँग बढीभन्दा बढी समस्या बिताउने र उनीहरूको भावना बुझ्ने कोसिस गर्न सुझाव दिनुभयो ।  

बालबालिकामा माथि उल्लेख गरेका लक्षण सामान्यभन्दा बढी देखिएमा उनीहरूको दैनिक जीवनमा नै असर गरेमा अभिभावक सचेत हुनुपर्ने डा. कार्कीको सुझाव छ । 

उहाँ भन्नुहुन्छ, “यस्ता समस्या बढ्न नदिन अभिभावकले आफ्नो बच्चाले के गर्दैछ ? कुनै समस्या छ, छैन भन्ने सोचविचार गर्ने । दिनको एक घण्टा भए पनि कुराकानी गर्ने, उनीहरूको कुरा सुन्ने र उनीहरूको भावना बुझ्ने कोसिस गर्नुपर्छ ।” यस्ता समस्या आएमा कसरी आएको हो, गहिराइमा गएर बुझ्ने र समाधानका उपाय खोज्नुपर्ने उहाँले बताउनुभयो ।   

हेलचेक्राई गर्दा के हुन्छ ?

यो उमेर समूहका बालबालिका तथा किशोर–किशोरीलाई व्यवहार र विकाससम्बन्धी समस्या बेलैमा समाधान गर्न सकिएन भनेपछि समस्या बढ्दै गएर एक्लै बस्ने, सामाजिक रूपमा टाढा हुने, अन्तर्क्रिया नगर्ने, पछि मानसिक समस्या देखिने चिकित्सकहरू बताउनु हुन्छ ।  

समस्याको उपचार गरिएन भने त्यो समस्या बढ्दै गएर कडाखालको मानसिक समस्या हुने र आत्महत्याका प्रयास गर्ने हुँदा यस्तो समस्या देखिएमा तुरुन्त मानसिक चिकित्सककहाँ लैजान  उहाँको सुझाव छ । 

बेलैमा समस्या पहिचान गरेर उपचार गराएमा यस्ता समस्या छोटो समयमा नै निको बनाउन सकिने डा. कार्कीको भनाइ छ । उहाँ भन्नुहुन्छ, “यस्तो समस्या जति छिटो पहिचान भयो त्यति नै छिटो निको हुन्छ । यस्तो समस्या भएमा निको हुँदैन, जीवनभर औषधि खानुपर्छ भन्ने भ्रम छ, तर विभिन्न थेरापी र औषधिको माध्यमबाट पूर्णरुपमा निको बनाउन सकिन्छ ।”

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।