• १३ साउन २०८१, आइतबार

निःशुल्क वाईफाईका कारण पर्यटकको भीड

blog

घुमाउरी वनभोजस्थलमा पर्यटकको भीड । तस्बिर – मीना कँडेल


मीना कँडेल

कावासोती, मङ्सिर २७ गते । पूर्वी नवलपरासीको देवचुली – ९ विशालटारस्थित घुमाउरी वनभोजस्थलमा वाईफाई जडान भएपछि आन्तरिक पर्यटकको भीड बढ्न थालेको छ । जाडो मौसममा वनभोज जाने समय भएकाले पर्यटकहरु आउन थालेका संस्थाका अध्यक्ष दीपक भट्टराईले बताउनुभयो ।

घुमाउरी वनभोजस्थलमा पर्यटकहरुलाई आकर्षित गर्न पार्कको सबै भागमा पूर्णरुपमा वाईफाई चल्ने गरी व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

सो स्थलमा नवलपुर जिल्लासहित बाहिरी जिल्लाबाट पनि रमाइलो गर्न आउने पर्यटकको भीड लाग्ने गर्दछ । 

घुमाउरी सामुदायिक वन अन्तर्गतको सानो क्षेत्रमा रहेको सो स्थलमा प्राकृतिक र शान्त वातावरण भएकाले धेरै समूहहरू रमाइलो गर्न, घुम्न आउने गरेका छन् । 

गतवर्ष घुमाउरी वनभोजस्थलले करिब आठ लाख रुपियाँ आम्दानी गरेको व्यवस्थापक उमा घर्तीमगरले बताउनुभयो ।