• २७ फागुन २०८२, बुधबार

कांग्रेसका राष्ट्रिय सभा सदस्यबीच परिचयात्मक कार्यक्रम

blog

परिचयात्मक कार्यक्रममा सहभागी नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य ।

काठमाडौँ, फागुन २७ गते । नेपाली कांग्रेसका राष्ट्रिय सभाका बहालवाला र नवनिर्वाचित सदस्यबिच परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम भएको छ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा राष्ट्रिय सभाका बहालवाला तथा नवनिर्वाचित सदस्यबीच परिचय, छलफल र अन्तरक्रिया सुरु भएको हो। गत माघ ११ गते सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेसबाट कोशी प्रदेशमा सुनिलबहादुर थापा, मधेस प्रदेशमा धमेन्द्र पासवान र रञ्जित कर्ण, बागमती प्रदेशमा गीता देवकोटा, गण्डकी प्रदेशमा जगत तिमिल्सिना, लुम्बिनी प्रदेशमा वासुदेव जङ्गली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशमा ललितजङ्ग शाही र सुदूरपश्चिम प्रदेशमा खम्मबहादुर खाती निर्वाचित हुनुभएको थियो।

राष्ट्रिय सभामा अब २५ सांसदसहित नेपाली कांग्रेस सबैभन्दा ठुलो दल बनेको छ।