अमरराज नहर्की
तनहुँ, मङ्सिर २६ गते । नेपाली कांग्रेसबाट तनहुँ क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारीले विपन्न परिवारको घर छाउन जस्तापाताको सहयोग गर्नुभएको छ ।
भिमाद नगरपालिका–१ जिलाङका नरबहादुर थापाको परिवारलाई सोमबार जस्तापाता सहयोग गर्नुभएको हो । छानो छाउन १६ वटा जस्तापाता व्यवस्था गरिदिएपछि विपन्न थापा परिवार हर्षित छन् ।
आर्थिक अभावका कारण थापाले घरको छानो छाउन सक्नुभएको थिएन । थापाले घर छानो छाउन नसक्दा घाम र पानी छेक्न त्रिपाल टाँग्नुभएको थियो ।
मङ्सिर २३ गते मतदातालाई धन्यवाद दिन जाने क्रममा उहाँले छाउने टिनको व्यवस्था गरिदिने घोषणा गर्नुभएको थियो ।