• ११ असोज २०८१, शुक्रबार

कांग्रेस पूर्व उपसभापति निधि र स्वीस राजदूतबीच भेटघाट

blog

कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र नेपालका लागि स्वीस राजदूत एलिजावेथ भन क्यापिलरबीच भेटवार्ता ।

काठमाडौं,  मंसिर २२ गते । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र नेपालका लागि स्वीस राजदूत एलिजावेथ भन क्यापिलरबीच भेटवार्ता भएको छ।

निधि निवास बानेश्वरमा बिहीबार बिहान भएको भेटमा भर्खरै सम्पन्न निर्वाचन, संविधान कार्यान्वयनको अवस्थालगायतका विषयमा कुराकानी भएको थियो।

स्वीस राजदूत एलिजावेथले नेपालको संघीय प्रणाली र संविधानको सफल कार्यान्वयनका लागि सहयोग गर्न स्वीस सरकार सधैँ तयार रहेको बत्ताउनुभयो । कांग्रेस नेता निधिले सङ्घीयता र नेपालको विकासमा स्वीस सरकारले गरेको सहयोगका लागि धन्यवाद दिनुभयो ।

भेटमा स्वीस राजदूतले नेपालमा कृषि, जलविद्युतको क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्ता आउन तयार भएको तर त्यसका लागि लगानीमैत्री वातावरण बनाउनु पर्नेमा जोड दिनुभयो ।

निधिले अल्पविकसितको सूचीबाट माथि जाने तयारीमा रहेको नेपालको विकास निर्माणमा स्वीस सरकारको सहयोगका लागि आग्रह गर्नुभयो।