• ४ जेठ २०८१, शुक्रबार

तथ्य र तथ्याङ्कमा आम निर्वाचन

मतदान सुरु : नायक छान्दै मतदाता

blog

काठमाडौं, मङ्सिर ४ गते । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि एकै चरणमा अहिले ७ बजेबाट देशभर मतदान कार्य सुरु भएको छ । अहिले बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान स्थलभित्र आयोगले तोकेकाे क्षेत्रमा प्रवेश गरिसकेका मतदाताले मतदान पाउनेछन् ।

संविधान अनुसार नेपालको सङ्घीय संसद् दुई सदनात्मक छ । प्रतिनिधि सभाका २७५ सदस्यमध्ये १६५ सदस्य पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) र ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन् ।

एक निर्वाचन क्षेत्रबाट सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार प्रतिनिधि सभाको सदस्यमा निर्वाचित हुने संवैधानिक व्यवस्था छ । यसैगरी, समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी दललाई मत दिने र प्रत्येक दलले प्राप्त गरेको कूल मत सङ्ख्याको अनुपातमा त्यस्तो दलको तर्फबाट प्रतिनिधित्व गर्ने उम्मेदवार प्रतिनिधि सभाको सदस्यमा निर्वाचित हुनेछन् ।

प्रतिनिधिसभाका लागि १६५ र प्रदेश सभामा त्यसको दोब्बर अर्थात् ३३० निर्वाचन क्षेत्र कायम गरिएको छ । प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान हुनेछ । प्रतिनिधि सभामा ११० र प्रदेश सभामा २२० सदस्य समानुपातिक प्रणाली अनुसार निर्वाचित हुनेछन् ।

एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताले मतदान गर्दैछन् । त्यसका लागि १० हजार ८९१ मतदान स्थलमा २२ हजार मतदान केन्द्र तोकिएका छन् । १४६ अस्थायी मतदान केन्द्रमा करिब डेढ लाख मतदाताले प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिकतर्फ मतदान गर्ने नयाँ व्यवस्था गरिएको जानकारी निर्वाचन आयोगले दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाता परिचयपत्र नभएकाले आयोगले तोकेबमोजिम आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पुर्जा, सवारी अनुमति(पत्र वा राष्ट्रिय परिचयपत्रमध्ये कुनै एउटा परिचय पत्र बोकेर जान आग्रह गर्नुभएको छ ।

समानुपातिकतर्फ नेपाल सरकारका कर्मचारी, सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थाका कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा वा कैदीलाई मताधिकार प्राप्त भएको छ ।

देशभर २५ हजार ९०० कैदीबन्दी छन् र काठमाडौं उपत्यकाका कारागारमा पाँच हजार ४५६ कैदीबन्दी भएको जानकारी कारागार व्यवस्थापन विभागका सूचना अधिकारी रामचन्द्र शिवाकोटीले दिनुभयो । निर्वाचन कसूरमा कारागारमा रहेका कैदीले भने मतदान गर्न पाउँदैनन् ।

चारवटा मतपत्रमा चार छाप

मतदाताले सुरुमा प्रतिनिधि सभाको प्रत्यक्षतर्फ मन परेको उम्मेदवारको निर्वाचन चिह्न र मन परेको राजनीतिक दलको निर्वाचन चिह्नमा मतदान गर्नेछन् । प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ सेतो पृष्ठभूमिको कागजमा रातो रङको निर्वाचन चिह्नमा र समानुपातिकतर्फ सेतो पृष्ठभूमिको कागजमा कालो रङ्गको निर्वाचन चिह्नमा एक एक छाप लगाउनुपर्नेछ ।

यसैगरी, प्रदेश प्रत्यक्षतर्फ सेतो पृष्ठभूमिको कागजमा रातो रङको निर्वाचन चिह्न छापिएको मतपत्र र समानुपातिकतर्फ सेतो पृष्ठभूमिको कागजमा कालो रङ्गको मतपत्रमा छाप लगाउनुपर्नेछ । हरेक मतपत्रमा छाप लगाएर तोकिएका मतपेटिकमा खसाउनुपर्नेछ ।

छोटकरीमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९

प्रदेश सङ्ख्या

जिल्ला सङ्ख्या७७

प्रतिनिधिसभा निर्वाचन क्षेत्र सङ्ख्या१६५

प्रदेशसभा निर्वाचन क्षेत्र सङ्ख्या३३०

समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधि सभा सिट सङ्ख्या११०

समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश सभा सिट सङ्ख्या२२०

प्रतिनिधिसभा कुल सिट सङ्ख्या२७५

प्रदेशसभा कुल सिट सङ्ख्या५५०

 कुल मतदाता,७९,८८,५७०

महिला मतदाता–  ८८,४७,५७९

पुरुष मतदाता९१,४०,८०६

अन्य मतदाता१८५

अस्थायी मतदाता,५०,०००

मतदान स्थल१०,८९२

मतदान केन्द्र२२,२२७

अस्थायी मतदान स्थल१४१

 

निर्वाचनमा खटिने कर्मचारी,८०,९६०

मतदान कार्यमा खटिने स्वयंसेवक६६,०००

कुल कर्मचारी, स्वयंसेवक,४६,९६०

निर्वाचनमा खटिने कुल सुरक्षाकर्मी २,९८,५७९

नेपाल प्रहरी ७१,६९३

नेपाली सेना ७४,८४९

सशस्त्र प्रहरी बल ३५,११६

राष्ट्रिय अनुसन्धान १,९२१

म्यादी प्रहरी १,१५,०००

निर्वाचनमा खटिने पर्यवेक्षक

निर्वाचनमा खटिने अन्तर्राष्ट्रिय पर्यवेक्षक संस्था– 

सात हजार २१९ पर्यवेक्षक 

४४ वटा स्वदेशी संस्थाका सात हजार २०७ जना  

उम्मेदवारहरूको निर्वाचन खर्चको हद

प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ  :   अधिकतम रु. २५ लाखदेखि रु. ३३ लाख सम्म (निर्वाचन क्षेत्रअनुसार)

प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ : अधिकतम रु १५ लाखदेखि रु.२३ लाखसम्म (निर्वाचन क्षेत्रअनुसार)

समानुपातिक निर्वाचन प्रणालीतर्फ :

प्रतिनिधि सभातर्फ : बन्दसूचीमा सूचीकृत उम्मेदवारको सङ्ख्या अनुसार प्रति उम्मेदवार रु. २ लाख

प्रदेश सभातर्फ : बन्दसूचीमा सूचीकृत उम्मेदवारको संख्या अनुसार प्रति उम्मेदवार रु. १ लाख ५० हजार

प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि:

निर्वाचनमा भाग लिने दल– ८७

समानुपातिक निर्वाचन प्रणालीका लागि बन्दसूची दर्ता गराउने दल– ४७

प्रतिनिधिसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कुल उम्मेदवार– ,४१२

 

पुरुष उम्मेदवार,१८७

महिला उम्मेदवार२२५

राजनीतिक दलका तर्फबाट कुल उम्मेदवार,५४५

स्वतन्त्र उम्मेदवार८६७

 प्रदेशसभातर्फ पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ कुल उम्मेदवार,२२४

पुरुष उम्मेदवार,९४३

महिला उम्मेदवार२८०

अन्य उम्मेदवार

राजनीतिक दलका तर्फबाट कुल उम्मेदवार,१३०

स्वतन्त्र उम्मेदवार,०९४

प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचन प्रणालीका लागि कुल उम्मेदवार,१९९

महिला उम्मेदवार,१८७

पुरुष उम्मेदवार,०१२

प्रदेशसभातर्फ समानुपातिक निर्वाचन प्रणालीका लागि कुल उम्मेदवार३७०८

महिला उम्मेदवार,१९७

पुरुष उम्मेदवार,५११

 

छापिएको मतपत्र सङ्ख्या

कुल मतपत्र सङ्ख्या,०४,२१,५००

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि (प्रतिनिधिसभा\प्रदेशसभा),०६,०५,०००

समानुपातिक निर्वाचन प्रणालीका लागि (प्रतिनिधिसभा र प्रदेशसभा),९८,१६,५००

छापिएको नमुना मतपत्र सङ्ख्या२२,४०,०००

निर्वाचन आचारसंहिता लागू मिति२०७९ असोज १२ गतेदेखि


प्रदेशगत विवरण

प्रदेश नं. १

प्रदेशसभा कुल सिट सङ्ख्या९३

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ५६

समानुपातिक निर्वाचन प्रणालीतर्फ३७

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ भाग लिने दल३०

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दल३६

कुल उम्मेदवार५१०     

पुरुष उम्मेदवार४५८     

महिला उम्मेदवार५२

कुल मतदाता३३,९६,८६५

पुरुष मतदाता१७,२९,७७२

महिला मतदाता१६,६७,०७१

अन्य मतदाता २२

मतदान स्थल,८९७

मतदान केन्द्र,०९९

 

मधेश प्रदेश

प्रदेशसभा कुल सिट सङ्ख्या१०७

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ६४

समानुपातिक निर्वाचन प्रणालीतर्फ४३

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ भाग लिने दल३७

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दल३६

कुल उम्मेदवार१००७

पुरुष उम्मेदवार९३२

महिला उम्मेदवार७४

अन्य उम्मेदवार

कुल मतदाता३३,८६,६२८

पुरुष मतदाता१८,२७,८५४

महिला मतदाता१५,५८,७०४

अन्य मतदाता ७०

मतदान स्थल,१५६

मतदान केन्द्र,२३५

 

बागमती प्रदेश

प्रदेशसभा कुल सिट सङ्ख्या११०

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ६६

समानुपातिक निर्वाचन प्रणालीतर्फ४४

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ भाग लिने दल३५

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दल४०

कुल उम्मेदवार६६८

पुरुष उम्मेदवार५८८

महिला उम्मेदवार८०

कुल मतदाता३४,७१,४९२

पुरुष मतदाता१७,३८,०८७

महिला मतदाता१७,३३,३७८

अन्य मतदाता २७

मतदान स्थल,८१२

मतदान केन्द्र,१४३

गण्डकी प्रदेश

प्रदेशसभा कुल सिट सङ्ख्या६०

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ३६

समानुपातिक निर्वाचन प्रणालीतर्फ२४

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ भाग लिने दल२४

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दल३१

कुल उम्मेदवार२३५

पुरुष उम्मेदवार२०६

महिला उम्मेदवार२९

कुल मतदाता१८,१७,५४१

पुरुष मतदाता,८२,३२९

महिला मतदाता,३५,२०१

अन्य मतदाता११

मतदान स्थल,२८३

मतदान केन्द्र,३३९


लुम्बिनी प्रदेश

प्रदेशसभा कुल सिट सङ्ख्या८७

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ५२

समानुपातिक निर्वाचन प्रणालीतर्फ३५

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ भाग लिने दल२५

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दल३२

कुल उम्मेदवार४९५

पुरुष उम्मेदवार४६६

महिला उम्मेदवार२९

कुल मतदाता३२,४९,६३७

पुरुष मतदाता१६,३७,१३२

महिला मतदाता१६,१२,४७१

अन्य मतदाता ३४

मतदान स्थल,६५०

मतदान केन्द्र,८६२

कर्णाली प्रदेश 

प्रदेशसभा कुल सिट सङ्ख्या४०

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ२४

समानुपातिक निर्वाचन प्रणालीतर्फ१६

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ भाग लिने दल१५

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दल२८

कुल उम्मेदवार११६

पुरुष उम्मेदवार११३

महिला उम्मेदवार

कुल मतदाता१०,०८,४०३

पुरुष मतदाता,१०,४२०

महिला मतदाता,९७,९८०

अन्य मतदाता

मतदान स्थल९३३

मतदान केन्द्र,४०३

 

सुदूरपश्चिम प्रदेश 

प्रदेशसभा कुल सिट सङ्ख्या५३

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ२३

समानुपातिक निर्वाचन प्रणालीतर्फ२१

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ भाग लिने दल२०

समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दल३४

कुल उम्मेदवार१९३

पुरुष उम्मेदवार१८०

महिला उम्मेदवार१३

कुल मतदाता१६,५८,००४

पुरुष मतदाता,१५,२१२

महिला मतदाता,४२,७७४

अन्य मतदाता१८

मतदान स्थल,१६१

मतदान केन्द्र,१४६

तथ्याङ्क तथा इन्फोग्राफी स्रोत : निर्वाचन आयोग

Author
नारद गौतम

उहाँ गोरखापत्र अनलाइनका सम्पादक हुनुहुन्छ ।