• १३ साउन २०८१, आइतबार

'दधिराज पुरस्कार' रेग्मी र न्यौपानेलाई प्रदान गरिने

blog

काठमाडौं, कात्तिक १३ गते । 'दधिराज सुवेदी' पुरस्कार प्रतिष्ठान विराटनगरले यस वर्षको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार–२०७९’ वरिष्ठ कथाकार सनत रेग्मीलाई प्रदान गर्ने भएको छ । विगत लामो समयदेखि नेपाली भाषा साहित्यको क्षेत्रमा ६ दशकभन्दा बढी रेग्मीले दिनुभएको योगदानका लागि यस पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । यस पुरस्कारको राशि ५१ हजार  रुपियाँ रहेको छ ।  

यस्तै, 'दधिराज सुवेदी' पुरस्कार प्रतिष्ठान विराटनगरले 'दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७९’ पत्रकार अनन्त राज न्यौपानेलाई प्रदान गर्ने निर्णय गरेको छ । विगत तीन दशकदेखि पत्रकारिता क्षेत्रमा विशेष योगदान दिनुभएका मोरङ्कका वरिष्ठ पत्रकार न्यौपानेलाई पुरस्कार राशि २५ हजार रुपियाँ प्रदान गर्ने निर्णय भएको हो । 

समालोचक प्राज्ञ दधिराज सुवेदीका छोरा शरदराज सुवेदी र रूपकराज सुवेदीले राख्नुभएको १५ लाख रुपियाँ अक्षय कोषको ब्याजबाट प्रत्येक वर्ष यो पुरस्कार २०७३ सालदेखि नियमित प्रदान गरिँदै आएको छ । प्रतिष्ठानका अध्यक्ष प्राज्ञ विवश पोखरेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । यस वर्षको पुरस्कार आगामी मङ्सिरमा एक समारोहकाबीच प्रदान गरिने महासचिव दिङ्लाली कान्छोले जानकारी दिनुभयो ।