• ८ मंसिर २०८१, शनिबार

विद्यालयमा आगलागी हुँदा एघार बालबालिकाको मृत्यु

blog

साङ्केतिक तस्बिर

कम्पाला, भदौ ८ गते । मध्य युगान्डाको मुकोनो जिल्लाको एक विद्यालयमा भएको आगलागीमा मङ्गलबार ११ बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले जारी गरेको विज्ञप्तिमा स्थानीय समयानुसार बिहान करिब १ बजे ‘स्कुल अफ द ब्लाइन्ड’मा यो दुःखद घटना भएको हो ।

आगलागीकाे कारण हालसम्म थाहा भएको छैन । तर आगलागीमा परी ११ जनाको मृत्यु हुनुको साथै अन्य ६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । किसोगामा रहेको हेरोना अस्पतालमा गम्झीर अवस्थामा रहेको र ती छ जनाकाे उपचार भइरहेको प्रहरीद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ । 

युगाण्डाका विद्यालयहरुमा बारम्बार आगलागी हुने गरेको पाइन्छ । गत जनवरीमा युगान्डाको राजधानी कम्पालाको एउटा विद्यालयमा आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको थियो ।

सन् २०१८, मध्य युगान्डाको एक उच्च  माध्यामिक विद्यालयमा आगलागी हुँदा कम्तीमा नौ विद्यार्थीको मृत्यु भएको थियो । रासस/सिन्ह्वा