• २३ वैशाख २०८१, आइतबार

पोखरा रंगशालामा सालिक बन्ने

मरणाेपरान्त पाराग्लाइडर निसिमलाई मानार्थ स्वर्ण

blog

गोरखापत्र समाचारदाता

पोखरा, कात्तिक ३ गते । नवौँ राष्ट्रिय खेलकुदमामा पाराग्लाइडर निसिम थापाको निधन नवौँ राष्ट्रिय खेलकुदमा असोचनीय र अकलल्पनीय घटना थियो । सो घटनाले प्याराग्लाइडिङ खेल स्थगित गरियो । त्यसपछि सो प्रतियोगिता पुनः हुन सकेन । यद्यपि, असोज २८ गते गरिएको अभ्यास खेलको नतिजालाई नै आधिकारिक नतिजा मानेर पदक विजेताको छिनोफानो गरिएको छ ।

जसअनुसार नेपाल आर्मीको प्रतिनिधित्व गरेका स्वर्गीय निसिमले टिम क्रसकन्ट्रीमा रजत पदक जित्नुभयो । पोखरा सरांगकोटको आकाशमा क्रस कन्ट्री प्याराग्लाइडिङ खेल्ने क्रममा २६ वर्षीय निसिमको दुर्घटनामा परी मृत्यु भएको हो ।

४१ वर्ष लामो इतिहास बोकेको घरेलु खेलकुदको बृहत् खेल मेला राष्ट्रिय खेलकुदको इतिहासमा खेलको समयमा खेलाडीको निधन भएको यो पहिलो पटक हो । त्यसपछि सरकारले निसिमको सम्मानस्वरुप स्वर्ण पदक प्रदान गर्ने निर्णय गरेको हो । नेपाल आर्मीको टिम वी विल मिस यु लेखेको ब्यानर सहित पुरस्कार वितरणमा उपस्थिति भएको थियो ।

उहाँको नाममा उनको नाममा पोखरा रङ्गशालामा अर्धकदको सालिक बन्नेछ । राखेपको बुधबार साँझ बसेको बैठकले निसिमको सम्मानस्वरुप सालिक स्थापना गर्ने निर्णय गरेको हो ।

यसैगरी, पाराग्लाीडडमा गण्डकी र नेपाली आर्मीले समान तीन–तीन स्वर्ण पदक जितेका छन् । क्रसकन्ट्रीमा विजय गौतम, सुशील गुरुङ, शेरबहादुर गुरुङ र युकेश गुरुङ सम्मिलित गण्डकीको टिमले कुल २७५० अङ्कसहित स्वर्ण पदक हात पार्‍यो । स्वर्गीय निसिम, सुरज थापा, विजय दाहाल र विशाल जलारी सहभागी नेपाल आर्मी क्लबले टिम कुल २५५५.९ स्कोरसहित रजत पदक प्राप्त गर्‍यो ।

क्रसकन्ट्री विधाको व्यक्तिगततर्फ नेपाल आर्मीका सुरुज थापाले कूल एक सय अङ्कसहित स्वर्ण, गण्डकी प्रदेशका विजय गौतमले ९४८.६ अङ्कसहित रजत र बागमतीका कृष्णबहादुर सुनुवारले कुल ९२५.६ स्कोर गरेर कांस्य पदक जित्नुभयो । प्याराग्लाइडिङकै एक्युरेसी विधाको समूह पुरुष स्पर्धामा गण्डकी प्रदेशले स्वर्ण, एपीएफले रजत र प्रदेश १ ले कांस्य पदक जिते ।

अक्युरेसी व्यक्तिगत पुरुष विधातर्फ गण्डकीले नै स्वर्ण पदक जित्यो । महिला टिम अक्युरेसीतर्फ विभागीय टिम नेपाल आर्मीले स्वर्ण, गण्डकीले रजत र प्रदेश नं. १ ले कांस्य पदक प्राप्त गरे । महिला एक्युरेसी व्यक्तिगत महिलामा मुनामाया जिटी, दुर्गामाया गुरुङ र स्वस्तिका गुरुङ शीर्ष तीन स्थानमा रहे । यी तीनै खेलाडी नेपाल आर्मीका हुन् ।