• ११ असोज २०८१, शुक्रबार

एमाले अध्यक्ष ओली गृह जिल्ला झापामा

blog

एमाले अध्यक्ष ओली गृह जिल्लामा चुनावी प्रचारमा सहभागी हुँदै ।

विष्णुप्रसाद पोखरेल

दमक, कात्तिक १ गते । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को सपना साकार पार्न सक्षम जनप्रतिनिधि चुन्ने अवसर आउँदो निर्वाचन भएको बताउनुभएको छ । उहाँले विकासको लहर ल्याउने र नेपालीको मुहारमा खुसी ल्याउने पार्टी एमाले भएको बताउँदै स्पष्ट बहुमत ल्याउने दाबी पनि गर्नुभएको हो ।

मङ्गलबार गृह जिल्ला झापा आउनुभएका उहाँले चुनावी एजेण्डाको विषयमा आफूहरू प्रष्ट रहेको जनाउँदै देश बनाउने अठोट आफूहरूसँग रहेको जनाउनुभयो ।

स्वच्छ र धाँधलीरहित निर्वाचन हुनुपर्नेमा जोड दिँदै जनताले आफूहरूलाई अभिमत दिनेमा ढुक्क रहेको पनि उहाँले बताउनुभयो । गठबन्धन सरकारले निर्वाचन स्वच्छ गराउनेमा आशङ्का रहेको बताउँदै सो वातावरण निर्माण गर्न सरकारसँग उहाँले माग राख्नुभयो ।

एमाले झापाका अध्यक्ष दीपक कार्कीका अनुसार एमाले अध्यक्ष ओलीले आफ्नो निर्वाचन क्षेत्र नं. ५ सहित ३ दिनसम्म जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुने  कार्यक्रम छ ।