• १३ साउन २०८१, आइतबार

डुबेर बालकको मृत्यु

blog

नगेन्द्र कर्ण

महोत्तरी, कात्तिक १ गते । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा मगंलबार बिहान पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा जलेश्वर नगरपालिका वडा नं. २ बस्ने सञ्जय ठाकुरको १३ वर्षीय छोरा अङ्कित ठाकुर रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, महोत्तरीकाअनुसार अस्पताल चोक नजिकै रहेको पोखरीमा बिहान नुहाउन गएका अङ्कित एक्कासि पोखरीमा डुबेको थियो । उनलाई तत्कालै पोखरीबाट निकालेर प्रादेशिक अस्पताल जलेश्वर  पुर्‍याइएको थियो ।

अस्पताल पुर्‍याउनुभन्दा अगाडि नै उनको मृत्यु भइसकेको जनाइएको छ । जलेश्वरमा रहेको सिमबायोसिस स्कुलको कक्षा ६ मा अध्ययनरत अङ्कित पढ्नमा सिपालु र जेहनदार छात्रको रूपमा चिनिएका थिए । उनको शवलाई पोस्टमार्टम गरी परिवारजनको जिम्मा लगाइएको छ ।