• १२ असार २०८१, बुधबार

नारायणगढ–मुग्लिङ सडक खण्डमा १३ वटा पुल निर्माण हुँदै

blog

काठमाडौँ, कात्तिक १ गते । नारायणगढ – मुग्लिङ सडक खण्डमा चालू आर्थिक वर्षभित्र १५ वटा पुलमध्ये १३ वटा पुलको निर्माण सम्पन्न हुने भएको छ । पुल निर्माण कार्य सकिने गरी काम भइरहेको आयोजनाका प्रमुख विपिन कार्कीले जानकारी दिनुभयो । 

यो पनि पढ्नुहोस

बाउन्न विद्यालय भवन बन्ने

उहाँका अनुसार निर्माण भएका पुलहरूमध्ये १३ वटा पुलहरू यसै आर्थिक वर्षभित्र सकिने । यस सडक खण्डमा १५ वटा पुलहरू निर्माणको क्रममा रहेका छन् । यस सडक खण्डमा कुल १९ वटा पुलमध्ये चार वटा पुलहरू यसअघि नै सम्पन्न भएका छन् ।  १५ वटा पुलहरूलाई दुई प्याकेजमा  विभाजन गरेर निर्माण कार्य अघि बढिरहेको छ । 

यो पनि पढ्नुहोस

सवारी दुर्घटनामा २ को मृत्यु

जसमध्ये पहिलो प्याकेजमध्ये ४५ प्रतिशत र दोस्रो प्याकेजमध्ये ८२ प्रतिशत काम सम्पन्न भएको आयोजना प्रमुख कार्कीले बताउनुभयो ।  समग्रमा १५ वटा पुल निर्माणको काम भने ६० प्रतिशत सम्पन्न भएको छ । १५ वटा पुललाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको हो । 

यो पनि पढ्नुहोस

मनसुन बाहिरिएसँगै चिसो बढ्यो

प्याकेज १ मा इच्छा कामना गाउँपालिकाको मुग्लिङबाट रिग्दीखोलासम्मका पुल छन् । जसमा खहरे, चिसेन्जी, तुइन, काली, टोपे ,न्यान्सी र रिद्धप्खोला गरी सात वटा पुलहरू रहेका छन् । यीमध्ये टोपेखोलाको पुलको निर्माण तीन चार महिनाभित्र सक्ने लक्ष्य रहेको छ । चिसेन्जी र तुइन पुलको काम भर्खर सुरु भएको छ  । चिसेन्जी र तुइन पर्ने पुल निर्माणमा डाँडा कटान गर्नुपर्ने भएकाले केही समय लाग्ने उहाँको भनाइ छ । 

यो पनि पढ्नुहोस

मौसम खुलेसँगै पर्यटकीय चहलपहल

प्रमुख कार्कीले भन्नुभयो, ‘चिसेन्जी र तुइन पुलको काम भर्खर सुरु भएको छ । यी पुलको डिजाइन गर्न नै एक वर्ष लाग्यो, पुल निर्माणका लागि डाँडा कटान गर्नुपर्ने भएकाले पहिले ठाउँ तयार गर्दछौँ । यी दुई ठाउँमा बन्ने पुल भौगोलिक हिसाबले काम गर्न कठिनाइ छ । नाम्चे खोलामा पहिरोले दुःख दिएका कारण काम गर्न केही कठिनाइ भएको उहाँले बताउनुभयो । तिहारपछि भने एक दुई घण्टा सडक बन्द गरेर काम गरिने छ । प्याकेज दुईमा भरतपुर महानगरअन्तर्गत सिमल तालबाट जुगेडीसम्म पुल पर्दछन् । 

यो पनि पढ्नुहोस

पलायन हुँदै अण्डा उत्पादक व्यवसायी

जुगेडी, खहरे, लामो बालुवा, भोर्ले, डुम्रे, सिमताल र सेतीदोभान गरी आठ वटा पुल पर्दछन् । यस प्याकेजअन्तर्गत जुगेडी बाहेक अन्यको ९० प्रतिशत काम सम्पन्न भएको  आयोजनाले जनाएको छ । दोस्रो प्याकेजअन्तर्गत पाँच वटा पुल तिन चार महिनाभित्रै गाडी गुडाउन  मिल्ने गरी काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन समेत दिएको प्रमुख कार्कीले बताउनुभयो । उहाँका अनुसार प्याकेज १ का सात पुल ४४२ मिटर लामा छन् भने प्याकेज दुईका आठ पुल ३८१ मिटर लामा छन् । 

पुलमा निर्माणमा बजेट अभाव

यस सडखण्डमा पर्ने पुल निर्माणमा बजेट अभाव हुँदा काम गर्न केही समस्या भएको आयोजना प्रमुख विपिन कार्कीले बताउनुभयो । बन्दै गरेका १५ वटा पुलका लागि एक आर्थिक वर्षमा ५० करोड हाराहारीमा बजेटको आवश्यकता पर्ने भए पनि ११ करोड मात्र बजेट विनियोजन हुने गरेको कार्कीले बताउनुभयो । 

उहाँले भन्नुभयो, ’१५ वटा पुलका लागि कम्तीमा ५० करोड बजेट आवश्यक पर्छ । तर, यो आर्थिक वर्षमा ११ करोड मात्र बजेट विनियोजन भएको छ । कहाँबाट काम सुरु गर्ने भन्ने अन्योल हुन्छ ।‘ 

मुआब्जा वितरण र घर टहरा विस्थापन गर्न बजेट अभावका कारण काम केही ढिला भएको प्रमुख कार्कीले बताउनुभयो ।

Author
विष्णु पाण्डेय

उहाँ विकास निर्माण तथा समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।