• १५ असार २०८१, शनिबार

सवारी दुर्घटनामा २ को मृत्यु

blog

दमक, कात्तिक १ गते । झापामा मोटरसाइकल दुर्घटनामा परेर २ जनाको ज्यान गएको छ । बिर्तामोड–२ स्थित बेलडाँगीमा भएको मोटरसाइकल दुर्घटनामा २ जनाको ज्यान गएको हो । 

यो पनि पढ्नुहोस

डेङ्गुका बिरामीले भरिए अस्पताल

सोमबार साढे ४ बजेतिर चारपाने–राजगढ सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते हुनुभएका मोटरसाइकल चालकहरूको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो पनि पढ्नुहोस

मनसुन बाहिरिएसँगै चिसो बढ्यो

दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे ५ प १६०४ का मोटरसाइकल चालक बाह्रदशी–६ का ४३ वर्षीय भोलाराज भुजेल र विपरीत दिसाबाट जाँदै गरेको मे ३ प ५५८० को मोटरसाइकल चालक बाह्रदशी–२ का २५ वर्षीय अनीश साउदेनको दुर्घटनामा परेर मृत्यु भएको र दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस

पुरानालाई नयाँको चुनौती

दुर्घटनामा परेर मोटरसाइकल पछाडि सवार भुजेलकी श्रीमती चन्द्रकला र छोरी प्रसन्ना गम्भीर घाइते रहेको र उनीहरूको उपचार भइरहेको पनि बताइएको छ ।

Author

विष्णुप्रसाद पोखरेल