• ६ जेठ २०८१, आइतबार

महेन्द्र क्याम्पसका विद्यार्थीलाई एक लाखको स्वास्थ्य बीमा

blog

धरान, कात्तिक १ गते । महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले स्वास्थ्य बीमा सेवा पाउने भएका छन्  ।

बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानमा विद्यार्थीहरूलाई प्रतिवर्ष अधिकतम एक लाख रुपियाँसम्मको उपचार सेवा उपलब्ध गराउने सम्बन्धमा त्रिभुवन विश्वविद्यालय र बीपी प्रतिष्ठानबीच सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

यो पनि पढ्नुहोस

डेङ्गुका बिरामीले भरिए अस्पताल

त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा. पेशल दाहाल र बीपी प्रतिष्ठानका रजिस्ट्रार प्रा.डा. सूर्यप्रसाद सिटौलाको रोहबरमा समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा भने प्रतिष्ठानका अस्पताल निर्देशक डा.जगतनारायण प्रसाद र महेन्द्र क्याम्पसका प्रमुख दामोदर भण्डारीले हस्ताक्षर गर्नुभएको छ ।  

यो पनि पढ्नुहोस

मनसुन बाहिरिएसँगै चिसो बढ्यो

क्याम्पस प्रमुख भण्डारीका अनुसार स्वास्थ्य मन्त्रालय र विश्वविद्यालयबीच २०७१ सालमा नै विद्यार्थीहरूलाई स्वास्थ्योपचार सेवा उपलब्ध गराउने समझदारी भए पनि विविध कारणले ढिलाइ भएको बताउनुभयो । 

यो पनि पढ्नुहोस

बिनासुनुवाइ न्यायाधीश नियुक्त हुन सक्छ ?

समझदारी पत्रमा विद्यार्थीहरूको उपचार सेवाको सीमा १ लाखको छ । विद्यार्थीको उपचार गर्दा लागेको खर्चमध्ये विश्वविद्यालय स्वास्थ्योपचार कोषले तोकेको १० प्रतिशत रकम हरेक बिल अनुसार सम्बन्धित विद्यार्थीबाट असुल गरिनेछ भने बाँकी रकम बिल प्राप्त भएको मितिले १५ दिनभित्र क्याम्पसमार्फत विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयबाट भुक्तानी पाउने लगायत १७ बुँदा उल्लेख गरिएको छ । 

यो पनि पढ्नुहोस

अर्घाखाँची सिमेन्ट निर्यात सुरु

सहमति पत्र अनुसार विद्यार्थीले व्यहोर्नुपर्ने न्यूनतम १० प्रतिशत खर्च कोषले व्यहोर्ने छैन भने कुनै पनि प्रकारको औषधी खर्च, सुन्नको लागि कानमा लगाउने उपकरण खर्च, चस्मा र चस्माको लेन्स खर्च, स्वेच्छिक कस्मेटिक उपचार खर्च, सुत्केरी र गर्भवतीसम्बन्धी कुनै पनि खर्चलगायतका खर्चहरू पनि कोषले व्यहोर्ने छैन । 

Author
निसा राई

उहाँ सुनसरी धरानबाट गोरखापत्रका लागि रिपोर्टिङ गर्नुहुन्छ ।